२९ आश्विन २०८३, बिहिबार

ख़बरदार ! सपना बाँड्ने र भाँड्नेहरु हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image1– सरगम भट्टराई

प्रधानमन्त्रीज्यू तपाईले देखेका सबै सपना जायज़ छन् तर ती सपना देख्दै गर्दा चिसो पानी खन्याउनेहरु पार्टी भित्र र बाहिर जताततै छन् त्यसैले देखेको सपना साकार पार्न जनताको कसम खानुहोला , तपाईले देखेका सपना तपाईको आफ्नो घर बनाउने सपना हैनन्, देश बनाउने सपना हुन् त्यसैले तपाईका सबै सपना साकार हुने भए र हाम्रो राजनीतिक भबिष्य चौपट हुने भयो भनेर आत्मरतीमा डुब्नेहरुलाई डुब्न दिनुस । बिकास गर्यो भने बिपक्षी बेहोश हुन्छन भनेर तपाई नपन्छिनुस, देशको बिकास नचाहने बिपक्षीलाई बरु मर्न दिनुस । जनतालाई त बिकास चाहिएको छ ।

तपाईले देखेका सपना दिउसो देखेर दिउसै बिलाएका नहोऊन, किनकि सपना सपना नै रह्यो भने त्यसको के सार्थकता ? इतिहाँसमा सबैभन्दा धेरै सपना देख्ने प्रधानमन्त्री तपाईंलाई ईतिहाँसकै हावा प्रधानमन्त्री भन्ने गुटसम्राटहरुलाई मुखले हैन कामले जवाफ दिनुस । किनकी एउटा देशको कार्यकारीले साँच्चै चाह्यो भने केहि दिनमै देशको कायापलट गर्न सक्छ ।

जनता तपाईँका बिवादास्पद निर्णय सुन्न तयार छैनन, जनता तपाईका मन्त्रीहरुले अझै पनि कमिशन र घुसखोरीमा आहाल खेलेको देख्न चाहन्नन्, जनताले अब पनि कर्णाली बेचिएको सुन्न चाहन्नन्, कर्णाली हेपिएको देख्न चाहन्नन् । त्यसैले अब समृद्दिको रेल चलाउन शुरु गर्नुस, चढ्ने चढ्छन् नचढ्ने छुट्छन् । कुराभन्दा काम बढी गर्न सबैलाई निर्देश गर्नुस । तातो पानीले घर डढ्दैन बिरोध गर्नेलाई गर्न दिनोस ।

अहिलेको मूख्य चासो भनेको शुसासन हो, देशमा शुसासन हुने बित्तिकै सबै कुरा ट्र्याकमा आईहाल्छन् । त्यसैले राज्यका संयन्त्र राम्रो संग चलाउने काममा खुट्टा नकमाउनुस, पुनर्निर्माणको गति मन्द छ, बढाउन बोल्नुस, देश लोडशेडिंगले अन्धकार छ , उर्जाको बिकल्पको बारेमा बोल्नुस,
देशका अंग अंगमा नक्कली मान्छेहरु हावी छन् तपाईलाई लागेको खोक्रो राष्ट्रवादी र नक्कली राष्ट्रवादीको आरोपलाई स्वावलम्बी नीति लिएर कार्यान्वयन गर्नुस र पोटिलो भरिलो छ भन्ने देखाईदिनुस । अहिले पनि धेरै शुभचिन्तकले तपाईलाई समर्थन गरेकै छन् , तपाई असफल हुनु भनेको नेपाली जनता असफल हुनु हो , जनताले लुट , गुट र फुट हैन बिकासको फ्रुट अर्थात फल मागेका छन् ।

देशका लागि तपाईले देखेका सपना जायज़ छन् , नेपाली जनताले संख्यात्मक र गुणात्मक रुपमा गन्न र महसुस गर्न सक्ने बिकासको सपना देख्नुहोस । स्वाभिमानी नेपालीहरु खबरदारी गरिरहने छन् । खबरदार सपना बाँड्ने र भाँड्नेहरु हो ?