काठमाडौं, २ असार । चीनले नागरिक प्रयोजनका लागि हेलिकोप्टर खरिदमा चाँडै अमेरिकालाई उछिन्ने एयर बसले जनाएको छ । चीनमा ४० प्रतिशतको हिस्सालाई आगामी सन् २०२० सम्ममा ६० प्रतिशत पुर्याउने लक्ष्य पनि एयरबसले लिएको छ ।
‘चिनियाँ नागरिक प्रयोजनको हेलिकोप्टर बजार आगामी २०१८ सम्ममा विश्वकै ठूलो हुनेछ,’ एयरबस हेलिकोप्टर्स चाइनाका अध्यक्ष तथा सिइओ नर्बर्ट डुक्रोटले भने, ‘२०१८ मै चीन विश्वकै ठूलो हेलिकोप्टर बजार नभए पनि २०२० सम्ममा भने निश्चित रुपमा हुनेछ ।’
चीनको ‘लो एटिच्यूड एयर स्पेसमा हुने थप खुलापन र नागरिक क्षेत्रमा भएको वृद्धि आगामी वर्षहरुमा चीन विश्वकै ठूलो हेलकोप्टर बजार हुने उनले बताए । कारोबार दैनिकमा खबर छ ।
















प्रतिक्रिया