१ कार्तिक २०८३, शनिबार

चीनसँग जोडिएको कोरला नाका खुल्यो, चिनियाँ बजारमा नेपालीको घुइँचो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korala-naka

मुस्ताङ, १ असार । चीनसँग जोडिएको कोरला नाका बुधबारदेखि खुलेको छ ।

कोरलामा रहेको भन्सार कार्यालयका अनुसार नाका खुलेसँगै नेपाली व्यापारीहरु चिनियाँ बजारतिर लागेका छन् भने चिनियाँ व्यापारी नेपाल आएका छन् ।

कोरला भन्सारका निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले ब्यापार मेलाको अवसर पारेर नाका २५ दिनका लागि खुलेको जानकारी दिए । उनले भने- ‘नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ आएका छन्, सामान खरिदका लागि सीमा क्षेत्रमा व्यापारीको घुइँचो लागेको छ ।’

Korala Border Open_Mustang 2

निमित्त प्रमुख ढुंगानाका अनुसार नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीनतर्फको स्थानमा जानुपर्नेछ । यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठूलो बजार छ ।

स्थानीय व्यापारीका अनुसार सरकारको पहलमा यो नाका छोटो समयका लागि भएपनि खुलेको हो ।

यो मेलाको अवलोकन गर्न अमेरिकी राजदूत एलाइना वि टेप्लिज पनि मुस्ताङ पुगिसकेकी छिन् ।