– शेरबहादुर थापा
मुम्बई, ३२ जेठ । घर फर्किने तयारीमा रहेकी एक नेपाली महिलाको भारतको मुम्बई शव फेला परेको छ ।
नेपालको रुपन्देही जिल्लामा पर्ने खैरेनी नगरपालिका– ६ स्थित चुरतानाकी ३६ वर्षीय लक्ष्मी पौडेल सम्पर्कविहिन भएको करिब दुई सातापछि मृत अवस्थामा फेला परेकी हुन् । स्थानीय प्रहरीले उनको हत्या भएको हुनसक्ने आशंका गरेको छ ।
मृतक पौडेल मुम्बईको भायन्दरस्थित इन्द्रलोक परिसरमा रहेको प्रथम भ्यू अर्पाटमेन्टमा भाडामा कोठा लिएर गोरखपुरका हर्षद खान नाम गरेका युवकसँग बस्दै आएकी थिइन ।
विगत १० वर्षदेखि व्यूटि पार्लर तथा फेसन डिजायनींगको काम गर्दै आएकी सन्ध्याको गत २२ अप्रिल देखि नेपालमा रहेका घरपरिवारसँग सम्पर्क विच्छेद भएको उनका १७ वर्षीय छोरा अनिष पौडेलले जानकारी दिए ।
उनी बस्दै आएको घरबाट छिमेकिलाई अनौठो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको घरभित्रै शव फेला परेपछि इन्द्रलोक प्रहरीले एफआइआर समेत दर्ता गरि छानविन अघि बढाएको छ ।
मृतक पौडेलसँग बस्दै आएका यूवा फरार रहेको र भारतीय प्रहरीले उनको खोजी गरिरहेको मृतक महिलाका मामा सुर्यनाथ ढुगांनाले बताए । पौडेलको हत्या गरिएको हुनसक्ने समेत ढुगांनाले आशंका व्यक्त गरेका छन् । उनका अनुसार मृतक पौडेल अप्रिल २५ मा नै नेपाल फर्किने तयारीमा थिइन ।
अखिल भारत नेपाली एकता मञ्चका केन्द्रिय सचिव सुरेन्द्र देवकरका अनुसार मृतक पौडेलको शव बुझेर दाहसंस्कार समेत गरिएको छ । मृतक पौडेलको शव भायन्दर पश्चिमस्थित पेम्बा हस्पिटलमा राखिएको थियो भने नेपालबाट उनका आफन्त आएपश्चात दाहसंस्कार गरिएको हो ।
















प्रतिक्रिया