९ कार्तिक २०८३, सोमबार

‘लोकमानलाई चिन्दिनँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushila-Karkiकाठमाडौं, ३१ जेठ । कामु प्रधानन्यायाधीश सुशीला कार्की इजलासमा बसेकी मात्रै थिइन्, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निवेदन उनका प्रतिनिधिले पेस गरे ।

‘मेरो पुस्तावलीबमोजिम म लामा कार्की वंशभित्र पर्दोरहेछु भने सम्माननीयज्यूसमेत सोही लामा कार्की वशंभित्रको सन्तति पर्ने भई हामी दुवै उक्त वंशको ७ पुस्ताभित्रको नातेदार पर्ने भएको व्यहोरा यसैसाथ संलग्न वंशावली विवरणको फोटोकपी पेस गरेको छु,’ कार्कीको निवेदनमा लेखिएको थियो, ‘मुलुकी ऐनको अदालती बन्दोबस्तीको ३० नम्बरले सात पुस्ताभित्रको नातेदारको मुद्दा हेर्न नमिल्ने व्यवस्था भएको र सम्मानित अदालतका अन्य माननीय न्यायाधीशज्यूले समेत यसको पालना गर्दै आउनु भएकाले म संलग्न आजको पेस भएको मुद्दालगायत अन्य कुनै पनि मुद्दा उपरोक्त कानुनी व्यवस्थाका आधारमा सम्माननीयज्यूको इजलासबाट नहेर्दा यस सम्मानित अदालत र सम्माननीयज्यूको मानमर्यादामा समेत कोही कसैले कुनै प्रकारको प्रश्न गर्न नपाई अदालतको मर्यादामा समेत वृद्धि हुने व्यहोरा सादर अनुरोध गर्दछु ।’

कनकमणिकी पत्नी शान्ता दीक्षितले अख्तियारविरुद्ध दायर निवेदनको छिनोफानोमा इजलासमा पेस भएको यो पत्र र त्यसमाथि वादी प्रतिवादीको बहस सुनेपछि कार्कीले भनिन्, ‘अब मैले अख्तियारविरुद्धका कुनै पनि मुद्दा हेर्न नमिल्ने हो रु के अचम्म गरेको यस्तो रु’ आफू र आफ्ना पितासमेत कहिल्यै लोकमानको घरमा नगएको, उनलाई चिन्दा पनि नचिनेको र लामा कार्की हुँदैमा मुद्दै हेर्न नमिल्ने भन्ने तर्क नै हास्यास्पद भन्दै कार्कीले मुद्दा कारबाही अगाडि बढाइन् र लिखित आदेशसमेत जारी गरिन् ।

मुलुकी ऐनमा ‘आफ्ना हाडमा अपुताली परे खान पाउने, नाता र मामामाइजू, सानी ठूली आमा, सानु ठूलो बाबु, सासू, ससुरा, फुपू, फुपाजू, जेठु, साला, मीत, आफ्ना दिदीबहिनी, छोरी र यिनै दिएका जुवाइँ, भानिज, भाञ्जी, भाञ्जी बुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरुगुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकर चाकर र लेखिएका मानिसको एकाघरकासँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन’ भनी लेखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।