१ कार्तिक २०८३, शनिबार

आफ्नै क्षेत्रमा पराजित भए एमाले नेता योगेश भट्टराई, लाग्यो ठूलै झट्का

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-bhattrai-ktmकाठमाडौं, ३० जेठ । नेकपा एमालेका सचिव एवं युवा नेता योगेश भट्टराई आफ्नै क्षेत्रमा नराम्रोसँग पराजित भएका छन् ।

शनिबार सम्पन्न नेकपा एमाले काठमाडौ क्षेत्र नम्बर ६ को दोस्रो अधिवेशनमा उनी नमज्जाले बढारिएका हुन् । अधिवेशनबाट संस्थापन (केपी ओली) समूहबाट सम्पूर्ण पदाधिकारी बिजयी भएपछि योगेशलाई झट्का लागेको हो ।

योगेश शीर्ष नेतालाई फुटाएर राजनीति गर्न खप्पीस छन् । यसअघि संविधानसभा निर्वाचनमा समेत उनी आफ्नो क्षेत्रमा लगातार पराजित हुँदै आएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा सम्पूर्ण प्यानल नै पराजित भएपछि उनी झनै तनावमा परेको स्रोतले बतायो ।

अधिवेशन पश्चात भएको मतदानमा संस्थापन पक्षका अध्यक्ष उम्मेदवार प्रकाश अधिकारीले १०९ र योगेशका उम्मेदवार (नेपाल पक्ष) लवकुमार बस्नेतले ७८ मत प्राप्त गरेका थिए । यो परिणाम अनुसार ३१ मतले संस्थापनका उम्मेदवार अधिकारी अध्यक्षमा निर्वाचित भए ।

त्यसैगरी उपाध्यक्षमा संस्थापन पक्षका विश्वनाथ लामिछानेले १०९ मत र भट्टराई पक्षका शमशेर गाइँजुले ७५ मत पाए ।

सचिवमा संस्थापन पक्षका कृष्ण अधिकारीले १०९ मत र भट्टराई पक्षका मधु कार्की ७८ मत ल्याए । उपसचिवमा संस्थापनका प्रल्हाद बुढाथोकीले ९६ मत र भट्टराईका भेषराज भट्टराईले ८६ मत प्राप्त गरे ।

सम्पूर्ण प्यानल नै संस्थापन पक्षबाट निर्वाचित भएसंगै ‘५० बर्षीय युवा नेता’ भट्टराईको राजनीतिक भविष्य माथि नै प्रश्न उठाउन थालिएको छ । २ बर्षअघि मात्रै जेनतेन पार्टीको सचिव जितेका योगेश अहिलेदेखि नै अध्यक्ष बन्ने सपना देख्दै गुट चलाउँदै आएका छन् ।

कहिल्यै संसदीय चुनाव नजित्ने योगेश पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना गर्दै मिडियाबाजी गर्ने गरेका छन् । पार्टी र राष्ट्रिय संकटमा रहेका बेला पार्टीभित्र चरम गुटबन्दीमा रमाउँदै आएका योगेश दुई साता अघि मदन भण्डारी अध्ययन केन्द्रको नाममा काठमाडौँमा गुटको भेला गरेपछि निकै आलोचित भएका थिए । आफूमाथिको आलोचनालाई अन्तै मोड्न उनले पार्टीको कार्यक्रममा आफूलाई नबोलाएको भन्दै पार्टी महासचिव ईश्वर पोखरेललाई चिठ्ठी लेखेका थिए । तर, त्यो चिठ्ठी पार्टी कार्यालयमा भन्दा एउटा अनलाइनलाई बुझाइएको थियो । अहिलेसम्म पनि त्यो चिठ्ठी पार्टी कार्यालयमा बुझाइएको छैन् । चरम गुटमा लाग्ने र आफ्नो मान्छेलाई ‘क्रेन’ लगाएर उचाल्ने प्रवृत्तिका योगेशको प्रवृत्तिकै कारण उनको टिम आफ्नो निर्वाचन क्षेत्रमा बढारिएको एक नेताले बताए ।