नायक तथा नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सरोज खनालले नामै तोकेर पुर्व अर्थमन्त्री रामशरण महतसंग ग्रिनकार्ड भएको दाबी गरेका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै उनले रामशरण महतका अलावा अर्का पूर्व मन्त्री प्रकाशचन्द्र लोहनीसंग पनि ग्रिन कार्ड भएको खुलासा गरे ।
१६ वर्ष अमेरिका बसेर फर्किएका खनालले जस्तै कयौ अन्य व्यक्तिले पनि रामशरण मन्त्रीसंग अमेरकी ग्रिनकार्ड रहेको आशंका गर्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।
यसैकारण अमेरिकामा रहेका नेपालीसँग चित्त दुखाएको पनि स्पष्ट बताए । नयाँ शक्तिसँगको वितृष्णा पनि छिपाउन सकेनन् ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया