१ कार्तिक २०८३, शनिबार

भारतसहित ६ देशलाई पछार्दै नेपाल दोस्रो स्थानमा उक्लियो (रिपोर्टसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South-asia-Peace-country-report

काठमाडौं, २७ जेठ । नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुकको सूचीमा परेको छ ।

भिजन फर ह्युम्यानिटीले विहीबार सार्वजनिक गरेको सन् २०१६ ग्लोबल पिस इन्डेक्समा नेपाल दक्षिण एसियामा दोस्रो शान्त देश बनेको हो । यो  विश्वव्यापी सर्वेक्षणमा भुटान भने पहिलो नम्बरमा परेको छ ।

नेपाल विश्वका १६३ देशमध्ये ७८ औं स्थानमा परेको छ । नेपालले दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र  माल्दिभ्सलाई पछारेको छ ।

बंगलादेश तेस्रो, श्रीलंका चौथो, भारत पाँचौ, पाकिस्तान छैठौं र अफगानिस्तान सातौ स्थानमा छ । अर्थात दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा अशान्त देश बनेको छ ।

विश्वकै शान्त मुलुकमा आइसल्याण्ड परेको छ । त्यसपछि क्रमशः डेनमार्क, अष्ट्रिया, न्युजिल्याण्ड र पोर्चुगल रहेका छन् ।

Capture-8