– कमल कोईराला
न्यूयोर्क । भोजपुर समाज अमेरिकाले सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) दुर्ज कुमार रार्इलाई सम्मान गरेको छ ।
आइतबार साझ न्यूयोर्कमा भोजपुर समाज अमेरिकाले भेटघाट कार्यक्रम राखेको थियो । साथमा सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेललार्इ पुष्पगुछाले सम्मान गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने युनाइटेड नेशन्स चिफ्स अफ पुलिस सम्मेलनमा सहभागि हुन सशस्त्र प्रहरी महानिरीक्षक अमेरिकाको भ्रमणमा रहनु भएको थियो ।
उक्त कार्यक्रममा सस्थाका अध्यक्ष लिला राईद्वारा महानिरीक्षक राईलाई बधाई पत्र हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा आइजिपी रार्इले निकै खुशी ब्यक्त गर्नुको साथै म जस्तो सामान्य मान्छे त यस्तो जिम्मेवार पदमा पुगे तपाईंहरु त झन ठाउँमा हुनु हुन्छ । धेरै प्रगति गर्नुहोस देशको नाम राख्नु होस भन्नु भएको थियो ।
उक्त कार्यक्रम मा भोजपुर समाज का अध्यक्ष लिला राईले आफ्नो जिल्लाको दाइ यति ठूलो पदमा पुग्दा छाति गर्व ले फुलेको छ भन्नु भएको थियो ।
सस्थाका सचिब प्रकाश वस्नेतले दुर्ज कुमार रार्इ भोजपुर जिल्लाको शान हो । उहाँसंग भेटघाट साथै उहाँलाई मायाको चिनो दिन पाउँदा हामी सम्पुर्ण भोजपुर जिल्ला बासीहरु सम्मानित भएको ठानेका छौ भन्दै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रम मा भोजपुर निवासी नेपाली समुदायका साथ अन्य व्यक्तिहरुको उपस्थितिमा रात्री भोज सम्पन्न भएको थियो ।

















प्रतिक्रिया