१८ कार्तिक २०८३, बुधबार

शान्ता भण्डारी बनिन् कांग्रेसको उपसभापति, कार्यसमितिलाई पूर्णता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556

अर्घाखाँची, २४ जेठ । नेपाली काँग्रेस अर्घाखाँचीको बैठकले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ ।

बिपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको बैठकले महिला सङ्घकी सभापति शान्ता भण्डारीलाई उपसभापति र युवा नेता विष्णु भुसाललाई सचिवमा मनोनीत गरेको जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिनुभयो ।

बैठकले पार्टीको वरिष्ठ नेतामा पूर्व सभापति कमलप्रसाद भुसाललाई दोस्रो बरियतामा रहने गरी निर्णय गरेको छ । काँग्रेस नेता वासुदेव आचार्य, लोकेन्द्र विक, कृष्णप्रसाद खनाल, गोपाल भुसाल, पीताम्बर खनाललाई जिल्ला सदस्यमा मनोनीत गरेको सभापति मुस्कानले बताउनुभएको छ । रासस