१ कार्तिक २०८३, शनिबार

स्याङ्गजा सहयोग समाज कतारद्वारा बिदाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1– उत्तम भट्टराई

दोहा । स्याङ्गजा सहयोग समाज कतारले कतारको बसाइलाई बिट मार्दै नेपाल जान लागेका संस्थाका पूर्व अध्यक्ष रामु बस्याललाई बिदाई गर्दै कदरपत्रले सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै बिदाई हुन लागेका बस्यालले संस्था र संस्थाका सहकर्मीहरुबाट टाढा हुनुको पीडा आफूूलाई अहिले महशुस भएको बताए ।

आफू जहाँ रहेपनि कसैलाई भुल्न नसक्ने र संस्थाको प्रगतिमा सदैब आफ्नो साथ रहने बताउँदै कतार रहदा जान–अन्जानमा आफूले कसैलाई केही नराम्रो बालेको,कसैको मन दुखाएको भए माफी माग्दै कार्यक्रमा आफ्नो मन्तब्यको बिट मारेका थिए ।

बिगत १४ वर्षदेखी कतारमा कार्यरत बस्याल २००९ सालमा स्याङ्गजा सहयोग समाज कतारमा आबद्द भई कार्यसमिति सदस्य, प्रथम उपाध्यक्ष, हुँदै २०१४—१५ को अधिवेशन बाट अध्यक्ष को जिम्मेवारी सम्हालेका थिए ।

नेपाली राजदूतावास कतारका द्घितिय सचिव हरि अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अर्यालले भबिष्यमा जहाँ भएपनि समाजसेवा प्रति सदैव उच्च विचारको भावना बनिरहोस भन्दै बस्यालको प्रगतिको कामना गरेका थिए ।

संस्थाका संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार पूर्ण केसी ले बस्यालले कसैसंग नकारात्मक बहस गरे न कसैले उनिसँग बहस नै गर्न खोज्यो भन्दै संस्थाको हरेक कार्य सहकार्यमा सदैव अनुशासित र जिम्मेवारी भुमिका निर्वाह गर्दै संस्थामा कुनैपनि ठाउँमा अरुले औंला उठाउने अवसर नदिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गुरु नारायण रानाभाट, संस्थाका सल्लाहकार तथा गैर आवासिय नेपाली संघ कतारका कोषाध्यक्ष भेषराज पराजुली, धनन्जय लम्साल, शिवराम ढकाल लगायतले उहाको बिदाई गर्दा दुःख लागेको भएपनि कर्मभूमिको यात्रा र सफल भबिष्यको कामना गरेका थिए ।

गत शुक्रबार दोहाको एक सभाहलमा भएको सो बिदाई कार्यक्रम संस्थाका अध्यक्ष गोप सुनार को सभापतित्वमा र सचिव हरि अर्यालको संचालनमा भएको थियो ।