काठमाडौं, २४ जेठ । सडकमा खाल्डाखुल्डी परेको होस् कि बिजुलीका तार लत्रेको, प्रहरीले घूस खाएको होस् वा सरकारी कार्यालयको सम्पति दुरुपयोग भएको ।
प्रनीस थापा यस्ता कुरा देखेको नदेख्यै गर्न सक्दैनन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
फोटो वा भिडियो खिचेर हेलो सरकारमा खबर नगरी उनलाई चित्तै बुझ्दैन । तपाईलाई पत्यार नलाग्न सक्छ चितवन रत्ननगर २, टाँडीका १७ वर्षीय प्रनिसले ५ वर्षमा तीन हजारभन्दा बढी गुनासा हेलो सरकारमा पठाइसकेका छन् ।
हेलो सरकार सुरु हुँदा प्रनिस १२ वर्षका थिए । गुनासो र उजुरी गर्न उनले त्यसैबेलादेखि थालेका हुन् ।
अखबारमा छापिएका समाचारका कटिङ वा टीभीमा आउने समाचारका क्लिपसमेत उनी पठाउँछन् । कतै त आफै सेवाग्राही बनेर पुग्ने अनि अनियमितता वा नियम उल्लघंन देखेमा भिडियो चिखेर पठाउाने पनि गरेको छन् ।
हेलो सरकारमा उनले अहिलेसम्म करिब २ हजार ५ सय उजुरी टेलिफोनबाट छिटपाएका छन् भने ५ सय जति इमेलबाट पठाएका छन् । पछिल्लो ३ महिनामा उने ५ सय उजुरी टेलिफोनबाट टिपाएका छन् ।















प्रतिक्रिया