१८ कार्तिक २०८३, बुधबार

आगलागीमा चारवटा घर जले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ago

उर्लाबारी (मोरङ), २३ जेठ । मोरङको बुधनगरमा आज दिउँसो आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट रु १५ लाखभन्दा बढी मूल्यको क्षति भएको जनाइएको छ ।

दिउँसो १ः१५ बजे बुधनगर–६ स्थित पश्चिम टोलमा आगलागी भएको हो । स्थानीय घनश्याम यादवको भान्साबाट सुरु भएको आगोले उहाँका दुईवटा घरसहित छिमेकी शिवनारायण यादव र अभिनन्द यादवका एक÷एक वटा घर जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

आगलागीबाट घनश्यामका दुईवटा घर जल्दा रु तीन लाख दुई हजार, शिवनारायणको नगद रु दुई लाख, ३० बोरा सिमेन्टसहित रु ११ लाख तथा अभिनन्दको रु एक लाख ३० हजार मूल्य बराबरको क्षति भएको हो । आगलागी ४५ मिनेटपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस