– योगेन्द्र योगी
संखुवासभा, २३ जेठ । जिल्लाको चैनपुर नगरपालिका ६ स्थित भाङटारमा पानी सगै परेको चट्याङ लागेर शनिबार राति एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
चट्याङ लागेर २७ वर्षे कल्पना रानामगरको ज्यान गएको डिएसपी गौतमकुमार केसीले बताए ।
घाइते तिलमाया विश्वकर्मा र राधाकुमारी विश्वकर्माको चैनपुर स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान लगिएको छ ।












प्रतिक्रिया