१८ कार्तिक २०८३, बुधबार

पृथकतावादी मूभमेन्टका समर्थक फेरि छुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CK Raut Prithaktabadiनवलपरासी, २३ जेठ । पृथकतावादी आन्दोलन चलाउँदै आएका सीके राउतका ११ जना समर्थकलाई नवलपरासी प्रहरीले फेरि छाडिदिएको छ ।

नेपालबाट तराईलाई अलग बनाउने भन्दै पृथकतावादी आन्दोलन चलाउँदै आएका सीके राउतको समर्थनमा परासी बजारमा कैलाश महतोसहितका समर्थकले प्रदर्शन गरेका थिए । अलग देशको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले च्याप्प छोपेको थियो ।

पक्राउ पर्नेमा सीके राउतको स्वतन्त्र मधेस गठबन्धनका उपसंयोजक कैलाश महतो, केन्द्रीय प्रवक्ता अब्दुल खान, क्षेत्रीय संयोजक कन्हैया राजभर, क्षेत्रीय संयोजक ईरफान शेख, नवलपरासी जिल्ला संयोजक मदन यादव, जिल्ला सहसंयोजक बालगोविन्द चौधरी, जिल्ला सदस्य विजयनाथ यादव, सदस्य प्रकाश पासवान, योगेन्द्र गुप्ता, श्याम गुप्ता र आलम अली रहेका थिए ।

उनीहरू सबैलाई प्रहरीले आज तारेखमा छाडेको हो । तराईका विभिन्न जिल्लामा पृथकतावादी आन्दोलन चलाउँदै आएका उनीहरूलाई प्रहरीले पटक पटक छाड्ने गरेको छ ।

संविधान र कानुनको कमजोर पक्षलाई समातेर पृथकतावादी आन्दोलन गर्दै आएका सीके राउत र उनका समर्थकलाई हदैसम्मको कारबाहीको माग उठे पनि प्रहरी प्रशासनले खासै ध्यान नदिएको आरोप पनि लाग्न थालेको छ ।