१८ कार्तिक २०८३, बुधबार

बर्दियाका शिक्षकका लागि पेसागत तालिम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी
बर्दिया, २३ जेठ । जिल्ला शिक्षा कार्यालय बर्दियाले भुरिगाउँमा शिक्षकका लागि पेसागत तालिम सुरु गरेको छ । आइतबारदेखि सुरु भएको तालिममा बग्नाहा, मढेला र सानोश्री स्रोतकेन्द्रका शिक्षकहरु सहभागी भएका छन् ।

तालिममा आधारभुत तह (कक्षा १ देखि ८ सम्म) मा पेसा, व्यवसाय र प्रविधी शिक्षा विषय अध्यापन गराउने शिक्षकहरु सहभागी भएको मढेला स्रोतकेन्द्रका स्रोतव्यक्ति तथा सहजकर्ता बालकृष्ण आचार्यले जानकारी दिए ।

तालिममा बग्नाहा स्रोतकेन्द्रका ९ जना, मढेला स्रोतकेन्द्रका १० जना र सानोश्री स्रोतकेन्द्रका ३ जना शिक्षक सहभागी भएको सहजकर्ता आचार्यले बताए ।

आधारभुत तहको कक्षा ६ देखि ८ सम्म नेपाल सरकारले २०७० सालदेखि पेसा, व्यवसाय र प्रविधि शिक्षा लागु गरेको छ । नयाँ पाठ्यक्रम र नयाँ विषय बस्तु भएकाले शिक्षकको विषयगत दक्षता बृद्धिका लागि तालिम आयोजना गरिएको मढेला स्रोतकेन्द्रका स्रोतव्यक्ति तथा सहजकर्ता बालकृष्ण आचार्यले बताए ।

त्रिभुवन उच्च माध्यामिक विद्यालयमा संचालन भइरहेको तालिम जेठ २७ गते सम्म चल्ने बताइएको छ ।