सुनसरी, २३ जेठ । सुनसरी जिल्लाको हरिपुर गाविस ९ चारकुनेबाट एपीएफ टोलीले फेनारगन नामको लागूऔषधसहित सोही जिल्लाको फत्तेपुर १ वस्ने ३० वर्षिय महमद रियाजलाई जेठ २२ गते पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीका अनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट गस्तीमा खटिएको एपीएफ टोलीले निज रियाजलाई तीन एम्पुल फेनारगनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका रियाजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
आगलागी नियन्त्रण
यसैगरी पर्सा जिल्लाको घोडादौड पिपरा गाविस ५ पिपरा गाउँमा जेठ २३ गते भएको आगलागी एपीएफ टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।
उक्त आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिखमपुरबाट एपीएफ टोली खटिई गई आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेको थियो ।
सो आगलागीबाट करीब १७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।












प्रतिक्रिया