१८ कार्तिक २०८३, बुधबार

जेलबाट भागेर सर्वसाधारण ठग्ने लामा प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lama

– कृष्ण ओझा
पाँचथर, २३ जेठ । सर्वसाधारणलाई औतारी लामा भन्दै ठगी गर्ने ४१ बर्षीय नवाङ तेन्जीङ लामालाई नगद तथा गरगहना ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

लामा जेठ ४ गते पाँचथर आई सगुन होटलमा बसेका थिए । लामाले आफू औतारी लामा भन्दै ५ गतेदेखि १७ गतेसम्म होटलको कोठा नं, १०२ बूक गरी बसेका थिए ।

लामाले सोही समय अवधिमा आफू औतारी लामा हुँ भन्दै सर्वसाधारणलाई छलछाम, गरी जागिर नहुनेलाई दिलाईदिने, निःसन्तानलाइ सन्तान दिलाईदिने, बिरामीलाई झारफूक गरिदिने, भविश्यवाणी गरिदिने जस्ता प्रलोभनमा पारी फिदिम नगरका १० जना ब्यक्तिहरुलाई झुक्याएका थिए ।

अझ पूजा पश्चात फिर्ता हूने शर्तमा सुनचाँदीका गरगहना तथा नगद समेत राख्न लगाई जेठ १७ गते होटलबाट फरार भएका थिए । लामाको भेषदारी ठग लामालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोईरालाको निर्देशनमा खटिएको प्रहरी टोलीले जेठ २१ गते पक्राउ गरेको हो ।

लामालाई तनहुँ जिल्ला बन्दीपूर नगरपालीका १ भानु डुम्रे बजारमा सून चाँदी पसलमा आफू बेखर्ची भएको तर साथमा सून चाँदीका गरगहना भएको भनी सल्लाह गरी जाकटी राख्ने क्रममा पक्राउ गरिएको डिएसपी कोइरालाले बताए ।

प्रहरीले लामाको साथबाट सुन अन्दाजी १६ तोला, चाँदी अन्दाजी ३ तोला, नगद १ लाख ५८ हजार ३५०, ल्यापटप १ थान, क्यामेरा १ थान, बरामद गरेको छ ।

लामा सिन्धुपाल्चोक कारागारमा ३ बर्ष सजाय काट्दै गरेकोमा ७२ सालको भूकम्पले कारागार भत्किएपछि भागेर भारत गएको बताइएको छ । उनी ठगी मुद्दामा सिन्धुपाल्चोकमा सजाय भोगिरहेको पाईएपनी भूकम्पले गर्दा कारागार भत्किएकाले फरार भएका थिए ।

लामा कारागार भत्कीएपश्चात फरार भई ६ महिना अगाडि भारतबाट नेपाल आई उदयपुरको गाईघाटमा र पाँचथरमा ठगी गरेको प्रहरीले जनाएको छ ।

पाँचथरमा डिएसपी कृष्णप्रसाद कोईराला आएलगतै विभिन्न अपराधीहरु प्रहरीको पञ्जामा परेको सर्वसाधारणले अनुभुती गरेका छन् ।