९ कार्तिक २०८३, सोमबार

तलब वृद्धिकै कारण बजार महंगी नबढ्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lamahi-Bazarकाठमाडौं, २३ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै ‘सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महंगी बढ्छ’भन्ने चर्चा अहिले चलिरहेको छ ।

यस्तो चर्चा यसअघि पनि कर्मचारीको तलब बढ्दा हुने गर्थ्यो । तर कर्मचारीको तलब बढेपनि त्यस अनुपातमा महंगी नबढ्ने तथ्यांकले देखाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलबमा २५ प्रतिशत वृद्धि गरेको छ । यसअघि आर्थिक वर्ष २०७१–७२ मा कर्मचारीको तलब १० प्रतिशत वृद्धि भएको थियो ।

तर आर्थिक वर्ष ०७१–७२ मा अघिल्लो वर्षको तुलनामा मुद्रास्फिर्ती घटेको तथ्यांकले देखाउँछ ।

आव २०६८–६९ मा पनि कर्मचारीको तलब ३०.३९ प्रतिशतदेखि ४२.८६ प्रतिशतसम्म बढेको थियो ।

त्यसवर्षको मुद्रास्फीति वृद्धि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ ।