९ कार्तिक २०८३, सोमबार

तमलोपा र संघीय फोरमका नेताहरूबीच यसरी भयो कुटाकुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra Yadav & Mahanta Thakurसर्लाही, २३ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवबीच जग्गाको कम्पाउण्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।

झडपमा परेर टाउकोमा चोट लागेका रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् ।

राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सभासद हुन् । प्रहरीले रायको साथबाट एक थान १२ बोर बन्दुक बरामद गरेको छ ।