चितवन, २२ जेठ । नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दसौं वर्ष प्रवेशका अबसरमा शुक्रवार जिल्ला विकास समिति चितवनको सभाहल भरतपुरमा विचार गोष्ठीको आयोजना गरिएको थियो ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनद्वारा आयोजित गोष्ठीमा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी विनोप्रकाश सिंह थिए ।अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
तर कार्यक्रममा निम्तो दिँदा उपस्थित हुने बताएका प्रजिअ अन्तिम समयमा आएर कार्यक्रममा भने आएनन् ।
दुई घन्टासम्म कुर्दासमेत प्रजिअ सिंह कार्यक्रममा नआएपछि आयोजकले दलित वर्ग समन्वय समितिका उपाध्यक्ष मीनबहादुर विश्वकर्मालाई प्रमुख अतिथि बनाएका थिए ।
प्रमुख अतिथि नै कार्यक्रममा नआएपछि अन्तिममा बाध्य भएर प्रमुख अतिथि नै अर्को व्यक्तिलार्इ बनाउनु परेको आयोजकले बताएका छन् ।















प्रतिक्रिया