२९ आश्विन २०८३, बिहिबार

न यो बादी न उ बादी ! बनौ हामी विकासबादी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????????????

विदेशमा चुनावको बेला उसका अजेन्डा र प्रतिबद्धता हेरेर पार्टी तथा नेता रोज्ने र भोट हाल्ने चलन हुन्छ । त्यसैले पार्टीहरु र नेताहरु एजेन्डा र काममा अब्बल रहिरहनु पर्छ । नत्र उनीहरुको अस्तित्व नै संकटमा पर्छ । तर हामीकाहाँ एकपटक एउटा पार्टीलाई समर्थन गरेपछि जिन्दगीभर उसैलाई गरिरहने गज्जबको मानसिकता छ । केहि युवा जमात यो संस्कारमाथि उठेर एजेन्डा र कामको लेखाजोखा गर्नतिर तम्सेको आभाष हुन्छ । तर, त्यो निकै सानो संख्यामा होला । त्यसैले निश्चित ठाउँ र क्षेत्रलाई हाम्रो पकेट क्षेत्र भन्छन् पार्टी र नेताहरु । यहाँ बरु बिबाहित जोडि छुट्टिनु र अर्को घरजम गर्नु सामान्य मानिदै गयो । तर, फरक फरक पार्टीलाइ रोज्नु र भोट हाल्नु पाप गर्नु जस्तो हुन्छ । यसो गर्नेहरुलाई ढुलमुले, दैहीचिउरे अडान नभएको आदी पदवीहरु लगाइन्छ ।

देश प्रगति पथमा लम्किने हो भने राज्य र जनताको आर्थिक स्थिती तथा जीवनस्थरमा गुणात्मक र चामत्कारिक परिवर्तन आउन धेरै समय लाग्दैन् । यदि हामी पनि समृद्ध हुने हो भने तुक्ष जागिर, प्रमोशन, ब्यापारिक लाभ वा कुनै ब्यक्तिगत कामका लागि नेताकै पाउ पर्न पर्ला र ? त्यसैले सोचौ कतै हामीले सानो ब्यक्तिगत लाभको आशमा देशको समृद्धि त साटेका छैनौं ? देशको समृद्धि रोक्ने हामी नै त हैनौ ? केहि हदसम्म अबश्य हौं ।

गज्जब छ । नेता, कार्यबर्ता उनको पार्टी र नेताप्रति बफादार हुनु उनीहरुको धर्म होला । तर जनता र भोटरहरु पनि त्यसै गर्नुपर्ने ? काम गरेपनि, नगरेपनि वा गद्धारै गरेपनि एउटैलाई समर्थन गरिरहेपछि किन अब्वल हुनु पर्यो नेताहरु ? किन काम गर्नुपर्यो ? किन मेहनत गर्नुपर्यो ? कति मजा । हामीजस्ता स्थायी समर्थनकर्ता पाउनु नै नेताहरुकोे अहोभाग्य । तर, त्यहि नै हो हाम्रो दुर्भाग्य । कामै नगरे पनि वा गद्धारै गरेपनि उनीहरुको पद प्रतिष्ठा भन्नुस जागिर भन्नुस् पाकिरहने । हामीलाई बिकासको हात लाग्यो शुन्य । हेर्नुस् त ! प्राय ठूला दलका शीर्ष नेताहरुलाई हामीले प्राय चुनाबहरुमा अत्यधिक मतहरुले बिजय गराइरहेका छौ । हार्ने बेलामा पनि उनीहरुले झिनो मतले हारेका छन् । यस्को मतलब, के सधै उनीहरुले उत्कृष्ठ काम गरेर हो ? अबश्य हैन । हामीले एउटा चश्मा लगायौं । यी त यत्रा ठूला नेता । हामी यिनैको पछी लाग्नुपर्छ । यी त पछि काम लाग्छन् । जे गरुन यिनको साथ छोड्नु हुदैन् ।

अर्को कुरा, गुण र दोषका आधारमा स्वच्छ मुल्याङकन गर्ने परिपाटी हामीलाई हाम्रा नेताले कहिल्यै सिकाएनन् । हामी सधै राम्रा अरु सधै नराम्रा । हाम्रा सधै राम्रा । अरुका सधै नराम्रा । हामी र हाम्राले गरेको सबै राम्रो । अर्काले गरेको जे पनि नराम्रो । उनीहरुको यो मन्त्र हामीले पनि जप्यौं । हरेक नेता र उनीहरुका कामलाई पार्टी र नेताकै चश्माले हेरेउ । फाल्दियौ बिवेकको चश्मा । हाम्रो चिन्ता । नेता रिसाउलान कि ? जागिर नलगाइदैलान कि ? प्रमोसन नहोला कि ? आदि आदि । देश बिकास किन भएन ? के गर्दा हुन्छ ? र कसले गर्न सक्ला ? यतातिर हाम्रो चिन्त नै भएन । नेता रिझाउने जागिर , प्रमोसन, ब्यवसायिक लाभ जस्ता साना कुराको ब्यक्तिगत आश गर्नाले हामीले ठूलो मुल्य चुकायौं । बिकास र समृद्धिको मुल्य । पार्टी र नेतालाई दिने हाम्रो स्थायी समर्थनले दियो नेताहरुलाई स्थायी सत्ता । हामीलाई स्थायी गरिबी । तसर्थ गरिबीको जिम्मेवार नेता मात्र हैनन् । हामी जनता पनि हौ कि ?

हरेक नेता र उनीहरुका कामलाई पार्टी र नेताकै चश्माले हेरेउ । फाल्दियौ बिवेकको चश्मा । हाम्रो चिन्ता । नेता रिसाउलान कि ? जागिर नलगाइदैलान कि ? प्रमोसन नहोला कि ? आदि आदि । देश बिकास किन भएन ? के गर्दा हुन्छ ? र कसले गर्न सक्ला ? यतातिर हाम्रो चिन्त नै भएन । नेता रिझाउने जागिर, प्रमोसन, ब्यवसायिक लाभ जस्ता साना कुराको ब्यक्तिगत आश गर्नाले हामीले ठूलो मुल्य चुकायौं । बिकास र समृद्धिको मुल्य । 

यदि देश समृद्ध हुने हो भने जागिर, ब्यवसाय, अबसर, अम्दानी आदि त्यसै बढ्दैन र ? हाम्रो छिमेकी मुलुक चीन र चाइनिजहरुको कुरा गरौं । आज भन्दा १५–२० बर्ष अगाडि चाइना हामी जस्तै अबिकसित देश थियो । र चाइनिजहरु हामी जस्तै गरिब । तर आज बिश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक । आजभन्दा १०–१२ बर्ष अगाडि तपाई हामीले ठमेलमा देख्थेउ । गलामा सामानहरु राखेको ट्रे झुन्ड्याएर चाइनिजहरु चोकहरुमा सामान बेच्थे । उनीहरु घुम्न हैन, फुटपाथमा सामानहरु बेच्न, ब्यापार गर्न नेपाल आउथे । तर, आज संसारमा सबैभन्दा धेरै घुम्न जाने टुरिष्टहरु चाइनिज । सबैभन्दा बढी खर्च गर्ने टुरिष्ट चाइनिज । चाइनिजहरु गैदिएनन् भने अमेरिकाका होटलहरु पनि खालि हुन्छन् । हाम्रो नेपालमा पनि टुरिष्ट आगमनको प्रमुख स्रोत चाइना नै बनिरहेको छ । भलै हामीले उनीहरुलाई गर्नुपर्ने जति आकर्षित गर्न सकेका छैनौ ।

यसरी चाइना, कोरिया, मलेशिया लगायतका पछिल्लो समय तीव्र प्रगति गरेका मुलुकहरु हेर्दा प्रस्ट हुन्छ । देश प्रगति पथमा लम्किने हो भने राज्य र जनताको आर्थिक स्थिती तथा जीवनस्थरमा गुणात्मक र चामत्मारिक परिवर्तन आउन धेरै समय लाग्दैन् । यदि हामी पनि समृद्ध हुने हो भने तुक्ष जागिर, प्रमोशन, ब्यापारिक लाभ वा कुनै ब्यक्तिगत कामका लागि नेताकै पाउ पर्न पर्ला र ? त्यसैले सोचौ । कतै हामीले सानो ब्यक्तिगत लाभको आशमा देशको समृद्धि त साटेका छैनौं ? देशको समृद्धि रोक्ने हामी नै त हैनौ ? केहि हदसम्म अबश्य हौं ।

कतै कागजका रेल त कतै पानि जहाज । ओलीलाई जसरी सकिन्छ उडाइरहेका छौ । मलाई धिक्कार लाग्छ । पुराना नेताहरुले नसोचेका बिकासका कुरा र भिजन दिनुपर्ने आजका युवा उल्टो अरुले दिएका भिजनलाई उडाउनमै ब्यस्त छन् । हे बिवेकशुन्य युवा ! तिमीले त दिन सकेनौ भिजन । अरुको भिजन मार्न त नखोज । बिकासमा अबरोध त नगर । कतै तिमीलाई पनि देशको चिन्ता भन्दा आफ्ना माउहरुको अस्तित्व र भबिष्यको चिन्ता त हैन ?

त्यसो भए आउनुहोस् अब संकल्प गरौं । म ब्यक्तिगत लाभका लागि देशको समृद्धि साट्ने छैन । कसैको स्थायी पेवा बन्ने छैन् । म गर्नेछु बिबेकशील मुल्यांकन । राम्रा कामलाई उत्साह नराम्रालाई बिरोध । म हरेक नेतालाई बिकास र समृद्धिका लागि दवाब दिनेछु । जो त्यो दिशामा अगाडि बढ्छ उसलाइ साथ दिनेछु । जो बिकासको तगारो बन्छ उसकोे बिरोध गर्नेछु । सायद उ जुनसुकै पार्टीको जत्रो सुकै नेता किन नहोस् ।

म कसैप्रति कुनै पुर्वाग्रह नराखि भनौं । हिजो डा. बाबुराम भट्टराईको पालामा काठमाडौं र देशकै बाटाघाटा फराकिलो बनाउने कामको शुरुवात भो । त्यो कामले धैरै नेताको निद्रा हराम भो । उनीहरुले भित्रैबाट महशुु गरे । हाम्रो अस्तित्व र जागिर धरापमा पर्यो । बिभिन्न बहानामा त्यसको बिरोध गरे । अबरोध गर्न कोहि बाटोमा सुते । कोहि कोकोहोलो मच्चाउन थाले । अनि हामी पनि के कम । तिनकै चश्मा पैरियौं । र धुवाधार बिरोध गर्यौ । बिरोध नगर्नेले पनि समर्थन गर्न सकेनौं । ए मैले त फलानो पार्टीलाई भोट दिएको । कतै मैले भोट दिएको नेताले थाहा पाउला कि ? रिसाउला कि ? जब महाभूकम्प आयो । अनि बल्ल हामीलाई याद भो । त्यो काम कति महत्वपूर्ण रहेछ भनेर । तर, समय ढिला भैसकेको थियो । हामीले उतिबेलै सकारात्मक उर्जा दिन सकेको भए । त्यो बेला जति काम भो अझ धेरै हुन्थ्योे कि ?

धेरैपछि, आज हामीले बिकास र समृद्धिका कुरा गर्ने प्रधानमन्त्री केपी ओली पाएका छौैं । बषौंदेखि द्वन्द्व, अस्थिरता, अन्योलता, प्राकृतिक बिपद, बिदेशी हस्तक्षेप आदीले निराश भएका जनतामा उनले केहि भएपनि उत्साह जगाएका छन् । बिकास र समृद्धिका सपना देखाएका छन् । मेट्रो, रेल, सुरुङ्क मार्ग, पानि जहाज, हाइड्रो, पर्यटन प्रवर्द्धन जस्ता सम्पन्नताका आधारहरु खडा गर्छु भनिरहेका छन् ।

ओलीका यी सपना र भिजनका कुराले बर्षौदेखि सत्तामा रहेका तर विकासको नाममा सिन्को नभाचेका नेताहरुलाइ जलन भएको छ । उनकै पार्टी र सबै पार्टीका हिजो सत्ता चलाएका र भबिष्यका चलाउने आश भएका धेरैजसो नेताहरु आज त्यो जलनको सिकार भएका छन् । यो जलन देश र जनताको चिन्ताले अबश्य हैन् । देश विकास हुनेभो । अब जनताले समृद्धि पाउलान भन्ने बिषयले हैेन । आफ्नो अस्तित्वको चिन्ताले । अनि आफ्नो भबिष्यको चिन्ताले । त्यसैले कोहि संसदमा हंगामा गरिरहेका छन् । केहि चोक चोकमा । कोहि केठे बैठकमा त कोहि गुट बैठकमा । ती सबैको एउटै आशय सबैको एउटै बोलि कसरी हटाउने हो ओली ?

आज ओली हाम्रो अगाडि केहि गर्छु भनेर आइराछन् । जोडतोडले उनमा उत्साह दिउ । सकारात्मक साथ र उर्जा दिउ । केहि समय उनलाई हटाएर अर्को अस्थिरता नल्याउन नेताहरुलाई अनुरोध गरौं । देशमा केहि गर्छु भन्ने नेता पाउनु गर्बको कुरा हो । धेरैपछि हामीले यो मौका पाएका छौं । यो सधै पाइने कुरा हैन । देश बनाउछु भन्ने संकल्प बोकेको एउटा नेता आयो भने देश कायापलट हुन्छ । 

अनी हामी जनता, तिनैका चश्मा लगाइरहेका छौं । उनीहरुको हो मा हो मिलाएर ओलीलाई उडाइरहेका छौ । कतै कागजका रेल त कतै पानि जहाज । ओलीलाई जसरी सकिन्छ उडाइरहेका छौ । मलाई धिक्कार लाग्छ । पुराना नेताहरुले नसोचेका बिकासका कुरा र भिजन दिनुपर्ने आजका युवा उल्टो अरुले दिएका भिजनलाई उडाउनमै ब्यस्त छन् । हे बिवेकशुन्य युवा । तिमीले त दिन सकेनौ भिजन । अरुको भिजन मार्न त नखोज । बिकासमा अबरोध त नगर । कतै तिमीलाई पनि देशको चिन्ता भन्दा आफ्ना माउहरुको अस्तित्व र भबिष्यको चिन्ता त हैन ?

त्यसैले देशको माया हुने अनि बिकास र समृद्धि चाहने सम्पूर्ण पत्रकार, बुद्धिजिबी, कर्मचारी, शिक्षक, ब्यापारि, युवा आउनुहोस् एक हौं । पार्टी र नेताका चशमा फुकालौं । लगाऔं नेपाल आमाको चश्मा । अनि बिबेकको चश्मा । अनि धक फुकाएर भनौं । राम्रोलाई राम्रो । नराम्रोलाई नराम्रो । तपाई हाम्रो यो शुरुवातले राम्रो काम गर्नेलाई प्रोत्साहन दिनेछ । काम नगर्नेलाई आफ्नो अस्तित्व जोगाउनका लागि काम गर्न प्रेरित गर्नेछ । अनि हुनेछ विकासमा प्रतिस्पर्धा । अनि बल्ल बन्नेछ नेपाल ।

आज ओली हाम्रो अगाडि केहि गर्छु भनेर आइराछन् । जोडतोडले उनमा उत्साह दिउ । सकारात्मक साथ र उर्जा दिउ । केहि समय उनलाई हटाएर अर्को अस्थिरता नल्याउन नेताहरुलाई अनुरोध गरौं । देशमा केहि गर्छु भन्ने नेता पाउनु गर्बको कुरा हो । धेरैपछि हामीले यो मौका पाएका छौं । यो सधै पाइने कुरा हैन । देश बनाउछु भन्ने संकल्प बोकेको एउटा नेता आयो भने देश कायापलट हुन्छ । तपाई सिङगापुर, मलेसिया, चाइना वा अन्य कुनै मुलुक हेर्नुस् । ती देश कुनै एक नेताको संकल्पले बनेको हो । कतै त्यहाँ पनि त्यो बेला संकल्प बोेक्ने ती नेताहरुलाई सबैले खुट्टा तानेको भए । ति मुलुकहरु हामीजस्तै गरिबीमा भइरहन्थे होला । किनकि विकासको संकल्प बोकेको नेता मुश्किलले जन्मन्छ । जन्मे पनि उसले अबसर पाउँदैन । विश्वको इतिहासले यो देखाउँछ ।

मैले ओलीलाई अहिले नै बिश्वका महान नेतासंग तुलना गर्न खोजेको छैन । मात्र उनीभित्रको संभावना र संकल्पलाइ केलाएको हुँ । कडा रोगलाई जितेर नाफाको जिन्दगी बाँच्नु, आफना परिवार र सन्तति केन्द्रीत स्वार्थमा पर्नबाट नपर्ने अबस्था रहनु नै उनबाट निस्वार्थ काम हुने बलिया आधार पनि हुन् । त्यो भन्दा बढी उनको अन्तरमनबाटै प्रष्फुटित भएको बिकास र समृद्धिको चाहना साथमा उनले अबसर पनि पाएका छन् । उनको औपचारिक शिक्षा वा योग्यतामा प्रश्न उठाउनेहरुलाई मेरो यति मात्र भन्नु छ– नेताको औपचारिक डिग्रीले देश बन्ने हैन, देश बन्न नेतामा एउटा दृढ संकल्प र अठोट चाहिन्छ । बिश्वलाई हेरौ त्यहि देखिन्छ । हाम्रो अनुभवले पनि त्यहि भन्ला । हामीले कत्रा कत्रा बिद्धान प्रधानमन्त्री र मन्त्रीहरु पयौं होला आजसम्म । तर देश जस्ताको तस्तै ।

तसर्थ भोली ओलीले गर्न सकेनन् भने सबै मिलेर बिरोध गरौंला । बिकल्प सोचौला । प्रचण्ड, बाबुराम, देउवा, रबिन्द्र, गगनहरु आउलान । उनीहरुले पनि बिकासको बिगुल फुके भने उनीहरुलाई पनि दिलैबाट साथ दिउँला । तर, अहिलेलाई हाम्रै अगाडि, हाम्रै हातमा संभावनाको रुपमा ओली छन् । तिनको खुट्टा नतानौं । उनको सरकारलाई अझै केहि समय निरन्तरता दिन र सहयोग गर्न नेताहरुलाई अनुरोध गरौ । ओलीलाई सकारात्मक साथ दिउ । थप उत्साहित गरौं । काम गर्ने थप जाँगर, दवाब दिउँ देश बनाउनका लागि । फाल्दिउ पार्टी र नेताहरुको चश्मा । लगाउ बिबेक र नेपाल आमाको चश्मा । र भनौं न यो बादी न उ वादी हामी सबै नेपाली विकासबादी ।