झापा, २१ जेठ । प्रकाउ परेका कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दले मेची अञ्चलमा बन्दको आंशिक प्रभाव परेको छ ।
विर्तामोड, सुरुगा, भद्रपुर लगायतका शहरमा फाटफुट सवारी सञ्चालनमा आएका छन् । विर्तामोडका बजारमा पसल खुल्न सकेका छैनन् ।
बन्दलाई ध्यानमा राखेर स्थानीय प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको जनाएको छ ।
राजमार्गमा पर्चा छरेर ‘विप्लव’ माओबादीले मेची बन्दको सूचना गरेको जिल्ला टार्फीक प्रहरी कार्यलय झापाले बताएको छ ।












प्रतिक्रिया