काठमाडौं, २१ जेठ । लागूऔषध फेरागन, नुफिन र सैरीजैक एम्पल खरिद बिक्री गरेको अभियोगमा प्रहरीले राजधानीमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला घइ घइ हाल काठमाडौंका बसुन्धरा बस्ने ३७ वर्षीय राजु रोका मगर भनिने तेजमान रोका मगर रहेका छन् ।
रोकासँग प्रहरीले फेरागन, नुफिन र सेरीजैक एम्पल गरी ७२ थान लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरीले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १७ घर भई हाल ललितपुरको खुमल्टार बस्ने ३५ वर्षीय सनिम राईलाई पक्राउ गरेको छ ।
राईको साथमा रहेको फेरागन, नुफिन र सेरीजैक एम्पल गरी ३३ थान लागूऔषध बरामद गरिएको छ ।
पक्राउ परेका रोल्पाका रोका र सुनसरीका राईलाई प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ ।












प्रतिक्रिया