
काठमाडौं, २१ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ घटक २९ दलीय संघीय गठबन्धनप्रति असन्तुष्ट भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
झन्डै तीन महिनापछि बिहीबार बसेको मोर्चाको बैठकमा असन्तुष्ट दलका नेताहरूले मोर्चालाई माइनस गरेर गठबन्धन गठन गरिएको आरोप लगाएका छन् ।
बैठकमा मोर्चा र गठबन्धनबीच सम्बन्ध र भविष्यबारे असन्तुष्ट नेताले प्रश्न उठाएका छन् ।
तर, गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चालाई माइनस गर्न नखोजेको र मोर्चाको अस्तित्व अस्वीकार नगरिने बताएका थिए ।
तमलोपाको कार्यालयमा बसेको बैठकमा आगामी आन्दोलन, मोर्चाको भविष्य र सरकारसँगको वार्ताबारे छलफल भएको थियो ।
मोर्चाले आन्दोलनका छुट्टै कार्यक्रम तय गर्ने विषयमा अधिकांश नेताले धारणा राखेका छन् ।
‘मोर्चाको बैठकमा मधेस आन्दोलनको निरन्तरता र गठबन्धनले अलग–अलग आन्दोलन गर्नेबारे छलफल भयो’, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ।
गठबन्धनप्रति तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक, संघीय सद्भावना, तमसपा, राष्ट्रिय मधेस समाजवादी पार्टी असहमत छन् ।
असन्तुष्ट नेताहरूका अनुसार गठबन्धनको संयोजकमा उपेन्द्र यादव रहेको तथा दस्ताबेजमा मधेस आन्दोलनको योगदानबारे कम आँकलन गरिएकोमा असन्तुष्टि बढेको हो ।















प्रतिक्रिया