१८ कार्तिक २०८३, बुधबार

अनाथ बालबालिकाका लागि पानीपुरी बेच्दै ‘डब्लुआरआर’का युवती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wrr

महेन्द्रनगर, २० जेठ । अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले महिला क्षेत्रका कार्यरत डब्लुआरआरका युवतीहरुले महेन्द्रनगरमा पानीपुरी बेच्न थालेका छन् ।

ठेला भाडामा लिएर बिहीबारदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा डब्लुआरआरका युवतीहरुले पानीपुरी बेच्न सुरु गरेका हुन् ।

डब्लुआरआरकी लिडर सुकृती कार्कीले अनाथ बालबालिकाहरुलाई खाना खुवाउनका लागि डब्लुआरआर महेन्द्रनगरका युवतीहरुले सामुहिक रुपमा पानीपुरी बेच्न लागेको बताईन् । दैनिक रु. २ सयमा ठेला भाडामा लिएर पानीपुरी बेच्न सुरु गरेको बताइन् ।

उनीहरुले महेन्द्रनगरको मदनचोकमा ठेला राखेर पानीपुरी बेचिरहेका छन् । पानीपुरीको आम्दानी अनाथ बालबालिकाहरुका लागि खर्च गरिने छ । पानीपुरीका लागि चाहिने सम्पूर्ण समाग्रीहरु उनीहरुले खरिद गरेका थिए ।

महेन्द्रनगरका व्यवसायीहरुबाट आर्थिक सहयोग मागेर उनीहरुले अनाथ बालबालिकाहरुका लागि यस्तो समाजिक काम गर्न लागेका हुन् ।

कार्कीले महाकाली अञ्चल अनाथालयमा रहेका बालबालिकाहरुलाई सहयोग गर्ने बताईन् । अनाथहरुलाई समाग्री वितरणका साथै खाना खुवाईने छ । आफुहरुले महेन्द्रनगरमा पहिलो पटक यस्तो समाजिक काम गर्न लागेको कार्कीले बताईन् ।

युवतीहरुको समाजिक काममा ग्रेटर नेपालको समेत सहयोग गरेको उनको भनाई छ । ग्रेटर नेपालका केन्द्रीय सदस्य गजेन्द्र पाण्डेले युवतीहरुले समाजिक काम गरेकाले ग्रेटर नेपालको समेत बाह्य सहयोग गरेको बताए ।

१५ जना युवतीहरु मिलेर यस्तो काम गरिरहेका छन् । उनीहरु अधिकाँस विभिन्न क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दै आएका छन् । पढाईका साथ साथै समाजिक सेवा गर्ने उदेश्यले आफुहरुले यस्तो कामको शुरुवात गरेको युवतीहरुको भनाई छ ।