१८ कार्तिक २०८३, बुधबार

सौच गर्न निस्केकी वृद्धाको चितुवाको आक्रमणबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chituwaफलेवास (पर्वत), २० जेठ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटस्थित बूढाघर बस्ने ६१ वर्षीय वृद्धा रामेश्वरीदेवी पौडेलको चितुवाको आक्रमणबाट गए राति मृत्यु भएको छ ।

गए राति झन्डै १० बजेको समयमा घर नजिकै शौच गर्ने क्रममा चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

चितुवाले उनलाई हानेर भागेको र उनको सोही ठाउँमा पल्टिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

रातको समयमा सुनसान भएकाले चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पताल पुर्याइएको छ ।

घटनाको अन्य विवरण आउन भने बाँकी रहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । रासस