१८ कार्तिक २०८३, बुधबार

निजामती ट्रेड युनियनको नतिजा आजै आउने, एमाले पहिलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, २० जेठ । नेपाल निजामती कर्मचारीको बुधबार साँझ सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनको नतिजा आजै आउने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले मतगणना सबै ठाउँको सम्पन्न भए पनि पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६८ जिल्लाको नतिजा आइसकेको छ, प्राविधिक कारणले सिरहा, झापा, चितवन लगायतका स्थानको नतिजा आइसकेको छैन, नतिजा आएपछि आजै नतिजा सार्वजनिक गछौँ ।” काठमाडौँ उपत्यकाको भने मतगणना सकिइसकेको तिमिल्सिनाले बताउनुभयो ।

उहाँले कुन सङ्गठनले कति मत प्राप्त गर्यो भन्ने बारेमा सम्पूर्ण नतिजा नआइसके पनि प्रारम्भिक सूचनाअनुसार नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन प्रथम, नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) दोस्रो र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती तेस्रो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न मतदानमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदानमा भाग लिएका थिए ।

निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ । रासस