९ कार्तिक २०८३, सोमबार

ओली सरकार रहेमात्र चिनियाँ राष्ट्रपति नेपाल आउने, उच्च सैनिक अधिकारी आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-jinping

काठमाडौं, २० जेठ । छिमेकी मुलुक चीनका सञ्चारमन्त्री र संस्कृतिमन्त्रीको नेपाल भ्रमणपछि चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख यडमिरल सुन चियान्क्वो तीनदिने नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाली सेनाको निमन्त्रणामा जेठ २४ गते काठमाडौं आइपुग्ने चिनियाँ सेनाका उपप्रमुखले आएकै दिन रक्षामन्त्री भीम रावल र रक्षासचिव महेश दाहालसँग भेटवार्ता गर्नेछन् । यो भ्रमण दुई पक्षीय सैनिक सहायतामा केन्द्रित हुनेछ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दुई देशका सेनाबीच आपसी हित अभिवृद्धि गर्ने अभिप्रायले भ्रमण तय भएको बताए । तत्कालिन सेनापति छत्रमानसिंह गुरुङका पालामा चिनियाँ सेनाका तत्कालिन प्रमुख जनरल छन् वांग्देपछि यो चिनियाँ सेनाका तर्फबाट भएको उच्च भ्रमण हो ।

वर्तमान (केपी ओली) सरकार यथावत रहेको अवस्थामा आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको तयारी गरिरहेको सन्देश राजनीतिक क्षेत्रमा प्रवाह भइरहँदा सैनिक उच्च अधिकारीको यो भ्रमणलाई त्यसकै तयारीका रुपमा लिइएको छ ।

उनले चीनको सहयोगमा निर्माण भइरहेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा जाने इच्छा देखाएका छन् ।

अन्नपूर्ण पोष्टमा समाचार छ ।