१ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री चाम्लिङविरुद्ध सिक्किम उर्लिदैँ, फेरि नेपाली भाषीहरू सडकमा आउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sikkim-Gantok– जगन दाहाल

गान्तोक, २० जेठ । मुख्यमन्त्री पवन चामलिङले आफ्नो बयान फिर्ता नलिएकोमा सिक्किम गोर्खा जागरण संघ (सिगोजास) ले घोर आपत्ति जनाएको छ ।

गत २१ मईको दिन नाम्चीमा आयोजित साकेवा पर्वलाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले दिएको कथित गोर्खा विरोधी बयान फिर्ता लिनुपर्ने माग गर्दै सिगोजासले ३१ मईसम्मको अल्टीमेटम दिएको थियो ।

तर मुख्यमन्त्रीले आफ्नो बयान फिर्ता नलिएकोमा सिगोजासले प्रतिवाद जनाउँदै आगामी ४ जूनको दिन राजधानी गान्तोकमा शान्ति पद यात्रा गर्ने भएको छ । उक्त जानकारी सिगोजासका प्रवक्ता मणिलराज राईले प्रेस क्लबमा आयोजित एक पत्रकार सम्मेलनमा दिए ।

शान्ति पद यात्रा देउरालीबाट शुरू हुनेछ र गान्तोक शहरको परिक्रमापछि पाल्जोर स्टेडिम परिसरमा पुगेर समापन हुने बताइएको छ ।

भारतभरिका गोर्खाहरूको अस्तित्व र अस्मितामा घात पुर्‍याएर आफ्नो बयान फिर्ता नलिनु भनेको मुख्यमन्त्री जस्तो संवैधानिक अनि गरिमामय पदमा बसेर गैर जिम्मेवार कार्यको परिचय दिनु र संवैधानिक पदको दुरूपयोग गर्नु रहेको प्रवक्ता राईले बताए ।

बयान फिर्ता नलिएपछि मुख्यमन्त्रीलाई आफ्नो जाति–सन्तानप्रति दयामाया नरहेको स्पष्ट भएको उनले आरोप पनि लगाए ।

अर्कोतिर, मुख्यमन्त्रीको उक्त बयान विरूद्ध सिगोजास चुप्प लागेर नबस्ने र एक–एक गर्दै प्रतिवादका कदमहरू अघिबढ़ाउने उनले बताए ।

यसै क्रममा सिगोजासले मुख्यमन्त्रीको बयानलाई लिएर प्रकाशित समाचार पत्रहरू र उनले दिएको भाषणको भिडियो भारत सरका समक्ष पुर्‍याउने र गाउँ अनि शहरमा शान्ति जुलुस आयोजना गर्ने निधो गरेको उनले जानकारी दिए ।

अर्कोतिर, केन्द्रीय जनजाति मामिला मन्त्री जुएल उराउँले लिम्बू, तामाङको सीट आरक्षणबारे दिएको बयान विषयमा बोल्दै प्रवक्ता राईले केन्द्रीय मन्त्रीको बयान संवैधानिक भए पनि सिक्किमको सन्दर्भमा भने मेल नखाने बताए ।

यसै क्रममा उनले सत्तारूढ़ एसडीएफ पार्टीमाथि प्रश्न तेर्साउँदै यदि लिम्बू तामाङको सीट आरक्षणको निम्ति २०२६ सालको सीमाङ्कन पर्खनु पर्दैन, धारा ३७१ एफ अन्तर्गत लिम्बू तामाङको सीट आरक्षण सम्भव छ भन्छ भने यतिका समयसम्म सरकारले लिम्बू तामाङलाई सीट किन नदिएको भने ।

सीट आरक्षणमा कुन व्यवस्था बाधक बनिरहेको छ । सरकारले यसको स्पष्टिकरण दिनुपर्छ भनी उनले माग गरे ।

यसै सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता राईले राज्य विधान सभामा जनसंख्याको आधारमा सीट आरक्षण एक मात्र समस्याको समाधान रहेको बताए ।

सिगोजास सिब्ल्याकलाई सल्यूट गर्छः मणिलराज राई

हामी सिब्ल्याक (सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी) लाई सल्यूट गर्छौ । कारण सिब्ल्याक एउटा जातिप्रेमी संगठन हो । सिब्ल्याकले जातिवादी काम गरेको छैन । सिब्ल्याक जहिले पनि संविधानको आधारमा बोल्छ । सिब्ल्याककै कारणले सिक्किम गोर्खा जागरण संघ (सिगोजास)को जन्म भएको हो । सिब्ल्याककै कारण हामी पनि जातिप्रेमी बनेका हौं ।

भोटिया, लेप्चा र गोर्खाहरू युगौंदेखि सिक्किममा एक भएर बस्दै आइरहेका छन् । हामी सबै एक भएर बस्न चहान्छौं । सिब्ल्याकले कहिले गोर्खाहरूको विरोधमा काम नगरेको पनि उनले बताए । तर सिक्किममा सिब्ल्याकलाई अघि लगाएर गोर्खाहरूलाई र सिगोजासलाई अघि लगाएर भोटिया लेप्चालाई तर्साएर आफ्नो स्वार्थ पूरा गर्ने कार्य भने भइरहेको उनले आरोप लगाए ।

सिब्ल्याक र सिगोजासमा केवल एउटै कुराको मतभिन्नता रहेको राईले बताए भने सिब्ल्याक राजतन्त्रलाई बचाइराख्न चहान्छ तर, सिगोजासले नयाँ युगमा नयाँ नियम अनुसार मिलेर अघिबढ़ौं । हामीले सिब्ल्याकबाट शिक्षा लिनुपर्छ भन्दै सिब्ल्याकले कहिले हामीले जस्तै अन्यको राष्ट्रियतालाई आफ्नो जाति भनेर परिचय नदिएको छ ।