३० आश्विन २०८३, शुक्रबार

चाम्लिङलाई हाई पावर कमिटीको ज्ञापन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CM-2– जगन दाहाल

गान्तोक । सिक्किम विधानसभामा लिम्बू तामाङको सीट आरक्षणको मुद्दा चर्किरहेको छ । यस विषयलाई लिएर राज्यका विपक्षी पार्टीका नेता लगायत अन्यले राजधानी दिल्लीमा बुधबारदेखि दुई दिने धर्ना आरम्भ गरेका छन् ।

सिक्किमको सत्तरूढ सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) सरकारले पनि निकै ठूलो कदम उठाइरहेको छ । विधानसभामा आसन आरक्षण विषयलाई लिएर राज्य सरकारले वरिष्ठ मन्त्रीहरूको अध्यक्षतामा हाई पावर कमिटी फर रिजर्वेसन अफ सीट फर लिम्बू तामाङ ईन स्टेट एसेम्बलीको गठन गरेको थियो ।

राज्य सरकार तथा मुख्यमन्त्री पवन चामलिङले उक्त कमिटीलाई यसको सही समाधानको निम्ति र यी समुदायको कुरा बुझेर एक रिपोर्ट तयार पारी सरकारलाई बुझाउन निर्देश दिएका थिए ।

१ जूनको दिन यहि हाई पावर कमिटीले एक विस्तृत रिपोर्ट तयार पारी मुख्यमन्त्री चामलिङलाई उनको सरकारी आवास मिन्तोगाङमा आधिकारिक रुपमा रिपोर्ट सुम्पीएको छ ।

यस अवसरमा मुख्यमन्त्री र कमिटीका अन्य सदस्यहरूमाझ सभा पनि बसेको थियो ।

उक्त रिपोर्टलाई क्याविनेटमा राखिने जानकारी पनि गराइएको छ । यस अवसरमा लोकसभा संसाद पीडी राई, राज्यसभा सांसद हिस्से लाचुङपा, मन्त्रीगण, गृह सचिव र अन्यको उपस्थिति रहेको थियो ।