काठमाडौं, २० जेठ । नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको आज बिहान भक्तपुरमा निधन भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे शर्माको मृत्यु भएको हो । सल्यानमा रहेर पत्रकारिता गर्दै आएका शर्माले दाङको तुलसीपुरमा छापाखाना चलाउने अन्तिम तयारी गरेका थिए ।
शर्मा सामुदायिक रेडियो प्रसारक संघका लेखा समिति सदस्य, रेडियो शारदा एफएम सल्यानका अध्यक्ष, सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकका सम्पादक समेत हुन् ।
आजै उनको पार्थीव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने आफन्तले जनाएका छन् ।












प्रतिक्रिया