१८ कार्तिक २०८३, बुधबार

डोटीमा ट्रेड युनियनको निर्वाचनमा संघ विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– झलक पाली
डोटी, १९ जेठ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको पहिलो निर्वाचनमा डोटीमा नेपाल निजामती कर्मचारी युनियन (संघ) विजयी भएको छ ।

कूल पाँच सय ७६ मतदाता रहेको डोटीमा चार सय ९१ मत खसेको थियो । जसमध्ये संघले २ सय ५५ अर्थात ५३ दशमलब ६८ प्रतिशत मत ल्याई पहिलो बन्न सफल भएको हो ।

त्यस्तै नेपाल निजामती कर्मचारी संगठनले १ सय ७५ अर्थात ३६ दशमलब ८४ प्रतिशत मत प्राप्त गरि दोश्रो स्थान ओगटेको छ भने नेपाल राष्ट्रिय कर्मचारी संगठनले ३२ अर्थात ६ दशमलब ७४ प्रतिशत मत प्राप्त गरि तेश्रो स्थान ओगटेको छ ।

यसैगरी नेपाल मधेश निजामती कर्मचारी मञ्चले १२ अर्थात २ दशमलब ५२ प्रतिशत, राष्ट्रिय कर्मचारी संगठनले १ अर्थात शून्य दशमलब २१ प्रतिशत मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको शून्य मत रहेको छ । मिलन केन्द्रका पदाधिकारीहरु सदस्यहरुले अन्य संघ संगठनलाई मतदान गरेकाले शून्य भएको हो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार १६ मत बदर भएका थिए भने ८५ मतदाताले मतदानमा सहभागिता जनाएका थिएनन् ।