
– विकाश पराजुली
बुटवल, १८ जेठ । सामुदायिक बन उपभोत्ता समितिहरुको प्रभावकारी कार्य सँगै रुपन्देही जिल्लामा विगतका बर्षहरुमा भन्द्या यस बर्ष काठ तस्करी तथा चोरी निकासी कम भएको छ ।
जिल्ला बन कार्यालय रुपन्देहीका अनुसार गत बर्ष जिल्लामा काठ चोरी निकासीका ६० वटा मुद्धा दर्ता भएकोमा चालु आव.को १० महिनामा जम्मा १३ वटा मुद्धा दर्ता भएका छन् । जिल्ला बन कार्यालय रुपन्देहीका शाखा अधिकृत रुद्र ज्ञवालीले सामुदायिक उपभोत्ताहरुको सक्रियाताले जिल्लामा काठ तस्करी तथा चोरी निकासी कम भएको बताए । उनले सामुदायिक बन उपभोत्ता समितिले प्रभावकारी काम गरेको भन्दै त्यस्ता सामुदायिक बनहरुको प्रोत्साहन समेत गर्नुपर्ने बताए ।
जिल्लामा देवदह र बाँसगढि स्थान चोरी निकासीका मुख्य स्थान हुन । विगतका बर्षहरुमा त्यस क्षेत्रबाट चोरी निकासीका थुप्रै मुद्धाहरु परेको भएपनि अहिले भने त्यस क्षेत्रमा फाटफुट मात्रामा चोरी भइरहेको शाखा अधिकृत ज्ञवालीले बताए ।
‘मानिसहरुको बस्ती कम हुने र सजिलै चोरी गर्ने सक्ने ठाउहरुको रुपमा देवदह र बासगढि क्षेत्र पर्ने गर्दछ” उनले भने–“त्यस क्षेत्रमा सामुदायिक बन उपभोत्ता समितिले प्रभावकारी काम गरेपछि अहिले त्यो क्रम रोकिएको छ ।’ जिल्लाको पश्चिम क्षेत्रबाट पाल्पा र अर्घाखाँचीको बनमा साईकल तथा मोटरसाईकलमा काठ लिई निकासी हुने कार्य पनि अहिले रोकिएको बन काार्यलयले जनाएको छ ।
‘सामुदायिक बनहरुमा चोरी निकासी भएको भन्ने मुद्धा नगन्ने मात्रामा आएको छ, आएका फाटफुट अन्य साझेदारी र धार्मिक बनबाट मुद्धा आएको छन्’ ज्ञवालीले भने । उनले चोर्ने मान्छे नै उपभोत्ता भएपछि काठ चोरी निकासी कम भएको बताए । सामुदायिक बनमा जंगल दर्ता भएपछि समुदायलेनै काम गर्न थालेपछि चोरी निकासी सँगै जंगलको संरक्षण पनि भएको उनको भनाई छ ।
सामुदायिक बन उपभोत्ता समितिले विधान अनुसार दण्ड सजाय तथा जरिमाना गर्ने र उठेको रकम विधान अनुसार कार्ययोजना बनाई कोषमा जम्मा गर्ने गर्दछन् । यसरी कोषमा जम्मा भएको रकमलाई बन विकास तथा सामुदायिक विकासमा खर्च गर्ने गर्दछन् । पछिल्लो समय जनचेतना पनि बढे सँगै चोरी तस्करीको कार्य न्यून भएको जिल्ला बन कार्यालयले जनाएको छ ।
जिल्लामा अहिले ९६ वटा सामुदायिक बनहरु रहेका छन् । ९६ सामुदायिक बनबाट ६३ हजार ३ सय १६ घरधुरी लाभाम्बित भएको जिल्ला बन कार्यालय रुपन्देहीका सहायक बन अधिकृत बसन्त थापाले बताए । उनले जिल्लाको कुल क्षेत्रफल मध्ये जम्मा २० प्रतिशत क्षेत्रफलमा जंगल रहेकाले पनि जंगल बचाउनुपर्छ भन्ने चेतनाको विकास भएको बताए । जिल्लामा २६ हजार ८ सय ४२ हेक्मटर क्षेत्रफलमा बन रहेको छ ।
जिल्लामा ९६ वटा सामुदायिक बन सँगै साझेदारी २ तथा धार्मिक बन ३ वटा रहेको उनले बताए । २० प्रतिशत जंगल क्षेत्रफलमा सामुदायिक बन १५ हजार ७ सय ७५ दशमलव ४४ हेक्टर क्षेत्रफलमा फौलिएको छ । त्यस्तै रुदूपुर फायरलाईन र देवदहमा (प्रस्तावित) साझेदारी बन २ हजार ४८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । लोकेश्वर देवदह, सिद्धबाबा र तामनगरमा रहेको धार्मिक बन २५ हेक्टर क्षेत्रफलमा फौलिएको सहायक बन अधिकृत थापाले जानकारी दिए । उनले यस बर्ष मात्र १५ हजार हेक्टरमा आगालागी हुँदा लाखौ रुपैया घाटा भएको बताए ।
बन कार्यालयले सामुदायिक बन मध्ये १८ वटा बनमा बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम सुरु गरेको छ । बैज्ञानिक बन व्यवस्थापन सुरु गरेका बनले गत बर्ष ९० हजार क्युफिट काठ तथा १ सय ५० चटठा दाउरा विक्रि गरेको बन कार्यालयले जनाएको छ ।
बन कार्यालयले सामुदायिक बनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक बर्ष १ उत्कृष्ठ सामुदायक बनलाई सम्मान गर्दै आएको छ । गत बर्ष देवदहमा रहेको मिलन सामुदायिक बनलाई सम्मान गरेको थियो । रुपन्देही जिल्लाले सामुदायिक बनको हकमा पहिलो पटक बैज्ञानिक बन व्यवस्थापन सुरु गरेको हो ।












प्रतिक्रिया