१८ कार्तिक २०८३, बुधबार

ग्यास सिलिण्डरको लोभमा ज्यानै गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasकाभ्रे, १९ जेठ । काभ्रेमा बाढीले बगाएर ल्याएको ग्यास सिलिण्डर समात्न खोज्दा एक जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बनेपा नगरपालिका–४ बस्ने ५८ बर्षीय मोहन बहादुर थापा मृत अवस्थामा फेला परेका हुन् ।

उग्रचण्डीनाला–६ स्थित पुन्यमती खोलामा मंगलबार आएको बाढीले बगाई ल्याएको ग्याँसको सिलिण्डर लिन जाने क्रममा हराई बेपत्ता भएका उनलाई बुधबार विहान मृत अवस्थामा फेला पारिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।