चितवन, १९ जेठ । चितवनमा मर्मत हुँदै गरेको बसले च्यापेर चालकको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसारभरतपुर उपमहानगरपालिका–१ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुधबार ना.५ ख १५१७ नम्बरको बसका चालक ४० वर्षीय लक्ष्मण चौधरीले सोही ठाउँमा विग्रीएर मर्मतको लागि राखेको ना.५ ख ३६२० नम्बरको बसमा टाँउको छिराई हेर्दा अचानक जग खसी टाँउकोमा लागेर गम्भीर घाइते भएकाले पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै बस र ना.५ ख ३६२० नम्बरका बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया