दोलखा, १८ जेठ । छिमेकी दम्पत्तिको हत्या गर्ने एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका मिर्गे–५ चिलौनेखर्क बस्ने ५५ वर्षीय अम्बरबहादुर तामाङलाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको छ ।
तामाङले मंगलबार विहान सोही ठाउँ बस्ने ५४ वर्षीय केशब दाहाल तथा दाहालको श्रीमती सीता दाहाललाई खुकुरी प्रहार गर्दा केशव दाहालको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पश्चात भागी फरार रहेका तामाङलाई प्रहरीले बुधबार जिरी नगरपालिका–७ सिक्रे स्थित जंगलमा लुकी छिपी बसेको अवस्थामा खुकुरी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया