आज नेपालरुपी गुफाभित्र बस्ने केहि नेपालीहरु ओलीका आश्वासनलाई झुट्टा र हावादारी भन्ने गरेका छन् जुन उनीहरुको दोष होइन बरु जसले नेपाललाई अध्यारो गुफामा परिणत गरे उनी नेताहरुको दोष हो । बिचरा रेल अनि पानी जहाज कागजमा मात्र देख्ने गरेका नेपालीहरु कागजको रेल र पनि जहाज बनाएर बालुवाटार अगाडी देखाए रे केहि बिद्यार्थीहरु किनकि उनीहरुले ती कुरा सधै कागजमा मात्र देखे अनि बास्तबिकतामा देख्ने कुनै सपना नै छैन । त्यसैले उनीहरु भन्दै छन् बास्तबिकता त त्यही हो, ओलीको सपना पागलपनको उपज हो ।
– युवराज गिरी
एउटा टेलिभिजन अन्तरवार्तामा एमालेका नेता तथा साहित्यकार प्रदीप नेपाल भन्दै थिए कि केपी ओलीलाई प्रधानमन्त्री समर्थनको पछाडी एकमात्र कारण थियो जुन संवेगात्मक भावना किनकि ओली किड्नीको रोगी हुन् र उनको प्रधानमन्त्री हुने तिब्र धोको थियो । प्रदीप नेपालका अनुसार ओलीको घाटीभन्दा माथि चल्छ तर अरु शरीरको अरु भाग चल्दैन किनकि उनको सारमा ओली बोल्ने मान्छे हुन् गर्ने मान्छे होइनन् । उनले गर्न सक्ने बोली हो जसमा उनी पास भएको छन् तर, काम गर्न भने सक्दैन ।
तर, नेताको गुणहरुमा सञ्चारको सीप एक महत्वपूर्ण पाटो मानिन्छ किनकि जसबाट अरु सजिलै प्रभावित हुन्छन र एउटा निर्धारित उद्देश्य प्राप्त गर्न सकिन्छ । यसको माने यो होइन कि बोल्नु मात्र सबै कुरो हो । नेपाली जनताहरु आज अल्लमल्ल परेका छन् जसरी प्लेटोको रुपक गुफाभित्र मानिसहरु निकै अल्लमल्लमा थिए, नयाँ कुरो अपाच्य भैरहेको थियो किनकि बर्सौदेखि अध्यारो गुफाभित्र बसेका उनीहरुलाई लाग्दै थियो कि उज्यालो भनेको नै त्यही हो तर, जब एकजना मान्छे गुफाबाट बाहिर निस्कन्छ, वास्तविक उज्जालो देख्छ अनि उ साथीहरुलाई बास्तबिकता देखाउन गुफाभित्र पस्छ तर, साथीहरु गुफाभित्र कै उज्यालोलाई नै वास्तविक मान्छन् र सबैले उसलाई पागल भन्छन अनि कुटीकुटी मार्छन जुन उनीहरुको अज्ञानताको उपज थियो किनकि न उनीहरुले वास्तविक उज्यालो नै देखेका थिए न त देख्ने उनीहरुको सपना नै थियो ।
आज नेपालरुपी गुफाभित्र बस्ने केहि नेपालीहरु ओलीका आश्वासनलाई झुट्टा र हावादारी भन्ने गरेका छन् जुन उनीहरुको दोष होइन बरु जसले नेपाललाई अध्यारो गुफामा परिणत गरे उनी नेताहरुको दोष हो । बिचरा रेल अनि पानी जहाज कागजमा मात्र देख्ने गरेका नेपालीहरु कागजको रेल र पनि जहाज बनाएर बालुवाटार अगाडी देखाए रे केहि बिद्यार्थीहरु किनकि उनीहरुले ती कुरा सधै कागजमा मात्र देखे अनि बास्तबिकतामा देख्ने कुनै सपना नै छैन । त्यसैले उनीहरु भन्दै छन् बास्तबिकता त त्यही हो, ओलीको सपना पागलपनको उपज हो ।
आज भ्रमबाट बाहिर निस्कनुपर्ने बेला आएको छ, प्लेटोको रुपक गुफामा एकजनाले मात्र उज्यालो देखेको थियो तर, आज नेपाली कैयौं जनताले विदेशले गरेको प्रगति देख्न मात्र होइन उपयोग पनि गरेका छन् । ओलीको सपना कुनै नौलो सपना होइन राईट ब्रदर्सको जस्तो । उनले त मात्र अरुको नक्कल गर्न खोजेका हुन् ताकी छिमेकी हिडेको बाटो हिड्न खोजेका हुन् । मानिस चन्द्रमामा पुग्दा ओलीको भनाई रेल मार्ग बनाउने, पानी जहाज किन्ने (बनाउने होइन), पाइप लाइनबाट ग्यास बितरण गर्ने आदी । के उनका यस्ता आश्वासन अहिलेको विश्वमा हुनै नसक्ने कुरा हुन् त ? कदापी होइन ।
उनलाई सहयोग गर्नुको साटो बरु, यस्तो कुरा गर्ने ? हामी नेपाली केहि गर्न सक्दैनौ । केहि गर्न नसक्नु नै हाम्रो बास्तबिकता भन्दै ओली सरकार ढाल्ने असफल प्रयास पनि गरिए । हो जनताहरु बास्तवमा विकास देख्न चाहन्छन तर आश्वासनले मात्र हुँदैन । अहिले जनताहरु अल्लमल्लमा नै छन् यो ओली सरकार हो के ? गर्छु पनि भन्छ गरेको पनि केहि छैन वास्तविक गरिब जनताले देख्ने गरि ।
तर, परिणाम खोज्ने बेला अलि भएको छैन कि ? आपको बोटमा कस्तो फल लाग्छ भन्ने कुरा बिरुवा रोपेको ६–७ महिनामै त थाहा नहोला नि । अनी मिठो आप खोज्ने हो भने बिरुवाको गोडमेल र सुसार पनि गर्नुपर्छ । आज सुन्दर, समृद्ध र शान्त नेपालको परिकल्पना गर्ने कुनै प्रधानमन्त्रीको दायित्व हो र त्यसमा समर्थन र सहयोग गर्नु आम नेपालीको कर्तब्य हो । ओलीको आश्वासन अथवा सपना आफ्नो ठाउमा ठिक छन् । अब सपना यथार्थमा बदल्न्ने वा सपनामै सिमित गर्ने भन्नेमा तीन करोड नेपालीको उतिकै हात हुन्छ । यदी आ–आफ्नो ठाउँबाट सहयोग गरे बिकासको मूल फुटाउन असम्भब छैन तर, ओली वा कुनै एक जनाले गर्छ भन्नु र आश गर्नु गलत हुनेछ ।
प्रधानमन्त्री पद एक संस्था हो जसको नेतृत्व जसले गरेपनि, सरकारको सफलता र असफलतामा विभिन्न तह र तप्काका जनताको ठूलो हात हुन्छ । प्रधानमन्त्रीले सहि बाटो देखाउने हो र जनताले त्यो बाटो पछ्याउनु पर्ने हो । प्रधानमन्त्रीले आफै देशभरिको खेतमा गएर जोतिराख्नु पर्दैन देशको लागि सहि निर्णय लिएमात्र पुग्छ । त्यसैले घाटी भन्दामाथि राम्रोसंग चले पुग्छ । प्रधानमन्त्री पनि जनता हो मात्र उ टिम लिडर हो जहाँ प्रत्येक जनताको भूमिकाले मात्र समग्र टिम वा नेपालको विकास सम्भव हुन्छ । त्यसैले केहि सपना नदेख्ने भन्दा सपना देख्ने प्रधानमन्त्रीलाई सहयोग गर्नु समग्र नेपालीको कर्तब्य हो । प्लेटोको रुपक गुफामा जसले वास्तविक उज्यालो देखाउन खोजेको थियो त्यसलाई सबैले पागलको संज्ञा दिएझैँ ओलीलाई हावादारी भन्नु भन्दा उनको सपनामा तीन करोड नेपालीले आ–आफ्नो ठाउबाट एक एक इट्टा थपौ सपनाको सुन्दर महल बस्तविकतामा परिणत गरौं ।
(यो लेखले कुनै ओलीको समर्थनमा नभई एउटा यथार्थतालाई चित्रण मात्र गर्न खोजेको छ, त्यसैले कुनै पूर्वाहग्रह बिना पढिदिन बिनम्र आग्रह गर्दछु ।)
















प्रतिक्रिया