१८ कार्तिक २०८३, बुधबार

नेपाल निजामति कर्मचारी संगठनले पूर्ण बहुमत ल्याउँछः पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vote

काठमाडौं, १८ जेठ । नेपाल निजामति कर्मचारी संगठनका निवर्तमान अध्यक्ष भोला पोखरेलले जेठ १९ गते भोली हुने आधिकारिक ट्रेड युनियन निर्वाचनमा आफ्नो संगठनले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन् ।

परिणाम कस्तो आउछ भन्ने दैनिक नेपालको प्रश्नमा उनले सबै पूरा तयारी भइसकेको र राम्रो बहुमतका साथ नेपाल निजामति कर्मचारी संगठनका पहिलो हुने बताए ।

जित्ने आधार के हुन् भन्ने प्रश्नमा पोखरेलले २०४७ सालदेखि कर्मचारीहरुको दुःखमा, वृद्धिविकास, सेवा सुविधा तथा हितमा संगठनले काम गर्दै आइरहेको भन्दै अहिले अन्य संगठनका कर्मचारीहरुको पनि हाम्रै संगठनतर्फ समर्थन रहेकाले पूर्ण बहुमतका साथ नेपाल निजामति कर्मचारी संगठन एक नम्बर बन्ने ठोकुवा गरे ।

उनले भोलीको चुनावमा माओवादीदेखि कांग्रेसमा रहेका अधिकांश कर्मचारीले नेपाल निजामति कर्मचारी संगठनलाई समर्थन गर्दै मतदान गर्ने दाबी गरे । ‘सत्ता गठबन्धनका अधिकांश भोट हामीलाई नै आउँछ । कांग्रेस र माओवादीका कर्मचारी संगठनका धेरै साथीहरुले हामीलाई समर्थन गरिसकेका छन् । भोली भोट हाल्ने प्रतिबद्धता पनि जनाएका छन् । सबैतिर जोडघटाउ गर्दा हामी नै पहिलो हुने देखिन्छ,’ उनले भने ।

ट्रेड युनियनको चुनाव भोली विहान ९ बजेदेखि सुरु भएर पाँच बजेसम्म चल्नेछ । भोलीको निर्वाचनमा ५५ हजार कर्मचारी मतदाता रहेका छन् ।