१८ कार्तिक २०८३, बुधबार

यसरी गरियो प्रधानमन्त्री, मन्त्रीमण्डल, नेता र सांसदहरुको श्राद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shraad

काठमाडौं, १८ जेठ । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीसमेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको भन्दै उनीहरुको सामूहिक श्राद्ध गरिएको छ ।

लिखितम सम्झौताहरुको पालना नै नगर्ने हो भने राजनीतिक दलहरुका शीर्ष तहका नेताहरुले बाह्र बुँदे देखि लिएर सोह्र बुँदेसम्म आदि आदि जस्ता विभिन्न प्रकारको लिखितम सम्झौताहरु किन गरेका ? संविधान निर्माण पश्चात पनि मुलुकमा आन्दोलनरत दलहरुलाई नेपाल सरकार र शीर्ष नेताहरुले समेट्न नसकेको, द्वन्द्वको अन्त्य गर्न नसकेको र मुलुकलाई निकास दिन नसकेकोले तथा नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता र स्वाधिनतालाई नेताहरु र सभासद (सांसद) हरुबाट धरापमा पार्ने÷पारेर, अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएकोले र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाईएको विरुद्धमा नेपाल सरकार, नेताहरु तथा पहिलो र दोश्रो संविधानसभाका सांसद (सभासद) हरुको श्राद्ध गरिएको हो ।

सरकारले मान्छे मारेर खुलेआम हिँड्ने, सजाय पाएर खुलेआम हिँड्ने गैर कानूनी काम गर्ने कालोबजारी गर्ने, दिनहुँ धर्म परिवर्तन गराउने, राष्ट्र विखण्डन हुनुपर्छ भन्ने र मुलुक टुक्राउनु पर्छ भन्नेहरुलाई केही नगर्ने तथा प्रधानमन्त्री, मन्त्रीण्मण्डल, नेताहरु र सांसदहरुका कारण मुलुकको स्वाधिनतालाई धरापमा पार्ने काम भएकोले मैले शान्तिपूर्ण ढंगले प्रधानमन्त्री, मन्त्रीण्मण्डल, नेताहरु र सांसदहरु मरि सके भनेर श्राद्ध, प्रतिकात्मक आलोचना र विरोध गरेपछि २०७३ साल जेष्ठ १५ गते गणतन्त्र दिवसमा मलाई १ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय बाँकेबाट अनुसन्धान गर्ने कार्य भयो । यो सरकारको कायरता पूर्ण हर्कत हो । मलाई यसमा अत्यन्त दुःख लागेको छ ।

मैले विरोधका नाममा आम जनताहरुलाई दुःख दिने कार्य गरेको छैन । सार्वजनिक सम्पत्तिको तोडफोड गरेको छैन । यस्ता काम गर्नेहरुले सम्मान र इज्जत पाउने गरेका छन् भने म जस्तो एक जना स्वतन्त्र निहत्ता नागरिक माथि प्रहरी हस्तक्षेप गरिनु राज्य आतंक हो । सरकारलाई हिम्मत छ भने अदालतबाट ज्यान मुद्दा लगायतका दोषीहरुलाई पक्राउ गरी जेलमा राखोस् । कालोबजारी र भ्रष्ट्रचारीहरुलाई कारवाही गरोस्, राष्ट्र विखण्डन गर्न खोज्ने, देश र जनताहरुलाई आन्दोलनका नाममा दुःख र सास्ती दिनेहरुलाई कारवाही गरोस् मेरो चुनौती छ । अन्यथा म जस्ता आम नागरिक माथि प्रहरी हस्तक्षेप गराउने हर्कत सरकार बाट बन्द गरियोस् ।

कालो पहिरन विरोध स्वरुप लगाइएको हो, सभासदहरु घाँस खाने लायकको हुनाले फुलको सट्टा पिण्डमा घाँस चढाइएको, मनमा छलकपट र खोट भएकोले कालो पिण्ड दिइएको हो ।

नोट : २०७३ साल जेष्ठ १५ गते गणतन्त्र दिवशमा साविक जिल्ला बर्दिया, गुलरिया ६ निवासी हाल जिल्ला मकवानपुर, हेटौडा २ निवासी स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले प्रधानमन्त्री समेत मन्त्रीमण्डल सांसद र नेताहरुको श्राद्ध गरेपछि जिल्ला बाँके, नेपालगंजको वि.पि. चौक बाट प्रहरी द्धारा पक्राउ गरी एक दिन हिरासतमा राखेर अर्को दिन छाडेको (२०७३ साल जेठ १६ गते) थियो । पण्डित हेमकान्त रिजालले श्राद्ध गराएका थिए ।