१८ कार्तिक २०८३, बुधबार

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– ललित केसी
अछाम, १८ जेठ । अछाम जिल्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा मंगलसेन नगरपालिका वडा नं १ निवासी ३५ वर्षिय जोगी थापा रहेका प्रहरीले जनाएको छ । घाईते हुनेमा ट्याक्टर चालक विष्णु चौधरी र मृतक थापाका ५ वर्षिय छोरा गणेश थापा रहेका छन ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नं १ कुन्तिवण्डालीको पिठिपन्ना भन्ने ठाँउमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मंगलसेन वजार वाट दैनिक उपभोग्यका सामानहरु लिएर पिठिपन्ना तिर गईरहेको से १ त ५१९१ नम्वरको ट्याक्टर सडक वाट करिव २० मिटर तल खसेको वताईएको छ । मृतक थापा पिठिपन्नामा व्यापार गर्दै आईरहेका थिए ।

घटना स्थलवाट लास र घाईतेलाई प्रहरीले सदरमुकाम ल्याईरहेको अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जन दत्त भट्टले बताए ।