१८ कार्तिक २०८३, बुधबार

सुन लुट्ने गिरोह पक्राउ, प्रहरीलाई दिनुसम्म दुःख दिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– योगेन्द्र जोगी
संखुवासभा, १८ जेठ । सदरमुकाम खाँदबारीकी पासाङलमु शेर्पाको घाँटीमा लगाइरहेको २ तोलाको सुनको सिक्री हरायो । सुन हराएको थाहा पाउनासाथ हल्ला गरिन् । तर, सुन भेटिएन ।

उनीसँगै बजार गएकी छिमेकी दिलकुमारी श्रेष्ठ र संगीता श्रेष्ठको पनि सिक्रि हरायो । शेर्पाको २ तोला, दिकुमारीको ५ तोला र संगतिाको २ तोला २ आनाको सिक्रि हराएपछि बजारमा आतंक भएको थियो ।

साँझ ६ बजेसम्म लाग्ने बजार दिउँसै सुनसान थियो । सुन हराए लगत्तै उनीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना भएको केही छिनमै साधा पोसाकका प्रहरी परिचालन गरेको डीएसपी गौतमकुमार केसीले बताए । प्रहरीको अनुसन्धान टोलीले खाँदबारीको लभिङहिलबाट २ जनालाई पक्राउ गरेपछि भागेका २ जना पनि खराङबाट पक्राउ परे ।

प्रहरीले बीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेश राय यादब, सुनसरीका ४५ बर्षीय राजकुमार यादब, पर्सा हरपतगन्ज ९ का अमित राय यादब र सुनसरीका जगनारायण चौधरीलाई पक्राउ गरेको हो । घटना भएको ५ घन्टा भित्रै उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुले सुनसरीको इटहरीबाट को १ ज २६५७ नम्बरको रातो रंगको गाडी प्रयोग गरेका थिए । २३ हजारमा २ दिनका लागि भाडामा लिएर उनीहरु खाँदबारी आएका थिए । घटना भएपछि जिल्लाका ३८ वटा नाकामा प्रहरीले चेकजाँच र खानतलासी बढाएको थियो ।

यो समुह पक्राउ गर्न १ सय १६ प्रहरी ती स्थानमा खटाइएको डीएसपी केसीले बताए । ‘हामी सफल भयौ, उनले भने, सुन लुटेर भाग्नेहरु समातिए पनि उनीहरुका साथबाट सुन बरामद हुन नसक्दा हामीलाई चुनौति थपिएको थियो,’ उनले भने– ‘माटोमा गाडेका छौ, पानीमा फाल्यौ भनेर ती गिरोहले दुःखदिन सम्म दिए । अन्त्यमा उनीहरुकै शरिरभित्रै सुन भेटियो ।’

उनीहरुले ९ तोला २ आना सुन लुटेका थिए । पहाडी क्षेत्रमा लुटेर लगेको सुन भारतीय बजारमा बिक्रि गर्ने उनीहरुले प्रहरीलाई बताएका छन् ।

भारतीय बजारमा २२ हजार रुपैयाँ तोलासम्म सुन बिक्रि हुने पक्राउ परेका राजकुमारले बताए । उनीहरुलाई मुलुकी ऐन चोरीको महल अनुसार मुद्धा चलाइने प्रहरीले जनायो ।