१८ कार्तिक २०८३, बुधबार

छिमेकीले खुकुरी हान्दा श्रीमानको मृत्यु, श्रीमती घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khukuri-murder-1दोलखा, १८ जेठ । दोलखामा एक दम्पत्तीमाथि आक्रमण भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मिर्गे–५ चिलौनेखर्क बस्ने ६० वर्षीय केशब दाहालको खुकुरी प्रहारबाट मृत्यु भएको छ भने उनको श्रीमती सिता दाहाल गम्भीर घाइते भएकी छिन् ।

उनीहरुलाई मंगलबार विहान सोही ठाउँ बस्ने ५५ वर्षीय अम्बरबहादुर तामाङले खुकुरी प्रहार गर्दा केशव दाहालको घटनास्थलमै मृत्यु भएको थियो । घाइते सिता दाहाललाई उपचारको लागी चरिकोट पठाइएको छ ।

घटनापछि फरार रहेका तामाङको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।