१८ कार्तिक २०८३, बुधबार

नक्कली बाबु छोरा बनी नागरिकता लिने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Nagrikta Citizenshipतम्घास (गुल्मी), १८ जेठ । नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनालाई पक्राउ गरेको छ ।

शान्तिपुर गाविस–५ निवासी नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् ।

निजले २०६० चैत १५ मा बाबु नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालयबाट नागरिता प्राप्त गरेकामा पुनः दोस्रो पटक २०७३ वैशाख १३ मा बाबुको नाम परिवर्तन गरी उत्तमबहादुर थापा र आफ्नो नाम लोकबहादुर बनाई नागरिकता लिएको प्रमाणको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रजिअ प्रदीपराज कँडेलले जानकारी दिए ।

विषेश सुराकीका आधारमा राहदानीको सिफारिस लिनभनि आएको अवस्थामा उनीहरु जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् । उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका नयाँ र पुरानो दुवै नागरितासमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ । रासस