– भोबिन्द्र शाह
बाजुरा, १८ जेठ । जिल्लामा एक महिनायता बाढी पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई सरकारलाई उचित राहतको माग गर्दै सोमबार नेकपा एमाले बाजुराले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
जेष्ठ महिनामा जिल्लाको बिभिन्न स्थानमा आएको बाढी र पहिरोले ३ जनाको ज्यान जानुको साथै १६ परिवार पुर्ण रुपमा विस्तावित बनेका छन भने ३६ परिवारको आंसिक घर क्षति हुनाका साथै ७ जना घाइते भएको एमाले प्रचार बिभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन । एमालेले दिएको ज्ञापन पत्रमा मृतक परिवारलाई थप आवश्यक राहत दिन पर्ने विगतका बर्ष झै यस बर्षमा पनि दैवि प्रकोपका ठुला घटना हुन सक्ने भन्दै राज्यको तर्फबाट आवश्यक राहत तथा उद्धारका लागि तयारी हुन पर्ने माग गरिएको छ ।
यस्तै लामो समय देखि खडेरीले बालि उत्पादन कम भएको र किसानलाई खाद्यान्न अभाव भएको भन्दै राज्यले समयमै खाद्यान्नको व्यवस्थाका लागि अनुरोध गरिएको एमाले नेता दिपक रावतले जानकारी दिएका छन । एमाले केन्द्रिय सदस्य लाल बहादुर थापाको नेतृत्वमा गएको टोलीले जिल्ला कमिटी अध्यक्ष कालि बहादुर शाहीले प्रजिअ भोजराज श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउन एमालेका दर्जन बढी नेता कार्यक्रताहरुको सहभागिता रहेको अनेरास्वबियु राष्ट्रिय प्रतिनिधि सदस्य चेतन ऐडीले जानकारी दिएका छन
ज्ञापन पत्र बुझ्दै प्रजिअ श्रेष्ठले हाल सम्म भएका घटनामा मृर्तक परिवारलाई ४० हजार नगद ५ परिवारलाई ५ हजारका दरले नगद ११ परिवारलाई ४ हजार नगद र बाँकी परिवारलाई त्रिपाल, भाँडा कुडा र खाद्यान्न उपलब्ध गराइ सकेको र थप राहतका लागि केन्द्रमा अनुरोध गर्ने बताउनु भएको छ ।












प्रतिक्रिया