(संन्दर्भ विश्व धुम्रपानरहित दिवसको)
मेरी प्राण प्यारी चुरोटकुमारी सायद म चौधौं या पन्ध्रौं बसन्त पार गरेको हुँदो हुँ त तिमीसँग प्रेममा परेको र यो प्रेम यति गहिरो र निश्चल रह्यो की म तिम्रो मायाको पासोमा फस्दै एक खिल्लीबाट सुरु गरेको माया बट्टासम्म पुगे । यस पच्चिस बर्षको यात्रामा तिम्रो मायाको मूल्य बढ्दै गयो । बिस रूपैयाँ बट्टाको उपहार दिएर सुरु गरेको माया आज ६ सय रुपैयाँ पुगिसक्यो । यस्तो होइन की यस पच्चिस बर्षे तिमीसँगको प्रेम यात्रामा तिमीसँग टाढा जान कैयौं पटक प्रयास गरेको तर तिम्रो माया यति चोखो र गाढा थियो म फर्की तिम्रो अंगालोमा बाधिन आइ पुग्थे । तिम्रो मायालाई आफ्नो जीवनको महत्वपूर्ण स्थान पनि दिएको थिए परन्तु आज परिस्थित तिम्रो कारणले जटिल मोडमा ल्याई छाड्यौं । जहाँबाट मैले कुनै एक बाटो रोज्नुपर्ने बाध्यता छ…
(क) तिमिसँग तिम्रो प्रेममा डुब्दै अगाडी बढ्ने ।
(ख) तिमीसँगको मायाको यात्रालाई अन्त्य गरेर अगाडी बढने ।
मलाई माफ गरे मेरी प्राण प्यारी चुरोट कुमारी । म अब तिमीसँग हाम्रो प्रेम यात्रालाई अगाडी बढाउन सक्दिन किनभने तिम्रो मायाको मूल्य बढेर ६ सय रुपैयाँ बट्टा हुनु मलाई मन्जुर थियो परन्तु तिमीले मेरो धनको साथसाथै मेरो शरीरलाई पनि आफ्नो अधिनमा लिन चाहन्छौ । जुन मलाइ कदापी मन्जुर छैन । मेरो यो शरीर मेरो स्वास्थ्य, मेरो घर परिबारको लागि हो । त्यसकारण आजको मितिबाट हाम्रो प्रेम यात्रालाई अन्त गर्दैछु र आशा गर्छु तिमीले पनि मेरा बाध्यतालाई बुझ्ने छौ ।
मलाई माफ गर मेरी प्राण प्यारी चुरोट कुमारी…!
















प्रतिक्रिया