धादिङ, १८ जेठ । धादिङ जिल्ला तिप्लिङ गाविस २ निवासी भूकम्पका कारण विस्थापित भै पालमा रहेकी २१ बर्षिया जाममाया तामाङ (अस्पतालमा लेखिएको अनिता तामाङ) २ महिना अगाडि भात पकाउन दाउरा खोज्ने क्रममा रूखबाट लडेर घाँटीको जोर्नी फुस्किएका कारण विगत २ महिनादेखि नेपाल ट्रमा अस्पतालमा उपचार गराइरहेकी छिन ।
डाक्टर निलमकुमार खड्काका अनुसार उनको स्पाइनल इन्जुरीका कारण शरिरको कुनै पनि भागहरू नचल्ने र झोल पदार्थ बाहेक खानेकुराहरू खान नमिल्ने अवस्थामा छिन् ।
उनका श्रीमान लामा पनि माइतीमै बस्दै आएका र हाल कठिनाइसँग सामना गर्न नसकेका कारण सम्पर्कमा नआएको जानकारी छ ।
त्यसक्रममा सोसाइटी अफ हेल्पिङ हर्टस्ले उनको उपचारमा सहयोग गरेको छ ।
४ महिनाकी गर्भवती भएका कारण तामाङले उपचारमा प्रयोग गरिने औषधिहरू प्रयोग गर्न नमिल्ने र दुर्घटनापछि हाइडोजका औषधिहरू चलाउनुपर्ने भएकापछि उनको गर्भ पतन गराइएको थियो ।
‘मैले डाक्टरलाइ नै भेटेर कुरा गर्दा अपरेशनमा लाग्ने टिटानियम पातालाइ बाहिर किन्दा डेढ लाख पर्ने तर डाक्टर र अस्पतालको विशेष पहलमा निज तामाङलाइ कम्पनीले नै ७० हजारमा उपलब्ध गराइदिने भएता पनि अन्य उपचारका लागि समेत खर्च नभएकाले अहिलेसम्म अस्पतालमै शल्यक्रिया हुने दिन पर्खदै थिइन तर त्यो दिन सकिएको र उनको अपरेशन भैसकेको छ । निज तामाङ हाल आइसियूमा भएकिले भेट्न नपाइको र वार्डमा ल्याएपछि भेटेर यहाँहरूसमक्ष सबै जानकारी पेश गर्नेछु’ सोसाइटी अफ हेल्पिङ हर्टस्का सेक्रेटरी हरि मानन्धरले भने ।
उनका अनुसार सहयोगी मनहरूको समाजले गत शुक्रबार नै रू ३० हजार दिइसके पश्चात हिजो आइतबार निज तामाङको सफल शल्यक्रिया भएको छ । ‘यो खुशीको खबरले सहयोगी मनहरूको हृदय पक्कै खुशी भएकै होला । साथै आगामी दिनहरूमा पनि अझै बढि सहयोग चाहिने भएकाले निज तामाङको स्वास्थ्यलाभका लागि सहयोग गरिदिनुहु विनम्र अनुरोध गर्छाैं’ उनले भने ।
स्मरण रहोस निज तामाङसँग कुनै सरसम्पत्ति छैन । माइतीमा बसेर जिविका चलाएकी उनी भूकम्पपिडितसँगै विस्थापित भएर पालमै बुवाआमासँग बसेकी थिइन् ।













प्रतिक्रिया