१८ कार्तिक २०८३, बुधबार

राप्रपाले स्थापना दिवस मनाउँदै, भाटभटेनीमा चियापान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RPPकाठमाडौं, १८ जेठ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।

आफ्नो स्थापना दिवसका अवसरमा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्केटमा राप्रपाले चियापान कार्यक्रम राखेको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

‘पार्टी स्थापना भएको खुसीयालीमा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम राखेका छौं’, उहाँले भन्नुभयो ।

चियापान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छकसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पनि बोलाइएको छ ।

चियापानमा आउने पाहुनालाई राप्रपाका शीर्ष नेताहरूले स्वागत गर्ने छन् ।