काभ्रे, १८ जेठ । काभ्रेमा एक पुरुषले पेट दुखेको निको पारिदिन्छु भन्दै महिलाको बलात्कार गरेका छन् ।
जिल्लाको शंखु पार्टीचौर गाविस ४ घर भएका ६५ बर्षिय बिलबहादुर लामाले स्थानीय ३५ बर्षिया एक महिलालाई आईतबार दिउसो आफ्नै डेरामा बलात्कार गरेपछि महिलाले प्रहरीकोमा दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको छ ।
पनौती नगरपालिका १० मा डेरा लिएर झारफुक गर्दै आएका लामाले पेट दुख्ने समस्यालाइ निको पारि दिने भन्दै बलात्कार गरेको प्रहरीले जनाएको छ ।
लामालाई प्रहरीले नियन्त्रणमा लिएर जबरजस्ती करणी उद्योग अन्तरगत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।












प्रतिक्रिया