३० आश्विन २०८३, शुक्रबार

अमेरिकाबाट धुर्मुस-सुन्तलीलाई ६ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamang sanaj team

बोस्टन, अमेरिका । हास्य कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे (सुन्तली)को एकीकृत बस्ती निर्माण अभियानलाई अमेरिकाको बोस्टनमा रहेका तामाङहरुले ६ लाख आर्थिक सहयोग गरेका छन् ।

बोस्टन तामाङ समाजका अगुवा सुवास तामाङ ‘गोले’को संयोजकत्वमा संकलन गरिएको उक्त रकम मानिक लामा, बिजय तामाङ, प्रेम तामाङ लगायत बोस्टनमा रहेका मनकारी तामाङ समुदायले सहयोग गरेका हुन् ।

उक्त रकम २८ मइका दिन बोस्टनबाट विजय तामाङ र जितेन्द्र श्रेष्ठले सिताराम कट्टेल र कुन्जना घिमीरेको नाममा प्रभुमनि ट्रान्सफरबाट पठाइएका हुन् ।

भूकम्पपछिको पुनर्निर्माणमा स्वस्फुर्तरुपमा लागिरहेका हास्य कलाकार धुर्मस सुन्तलीले यसअघि काभ्रेको डाँडा गाउँमा भूकम्पपीडितका लागि विभिन्न संघ संस्था र मनकारी व्यक्तिहरुको आर्थिक तथा भौतिक सहयोगमा एकीकृत नमुना बस्ती बनाइसकेका छन् ।

हाल उनीहरुले मेलम्ची ८ को गिरान्चौरमा एकीकृत बस्ति अभियान स्वरुप ६५ घर निर्माणमा लागेका छन् । एक घर, एक धारो, एक चर्पी, एक बगैचा लगायतको संरचना निर्माण गरेर भूकम्पपीडित स्थानीयलाई हस्तान्तरण गरिने पनि जनाइएको छ ।

उनीहरुले यस अभियानमा आर्थिक तथा भौतिक सहयोग गर्न पनि देश तथा विदेशमा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन् ।

यस्तो छ पठाइएको रकमको स्टेटमेन्टः

help photo2